आइपीओ जारी गर्दै मानुषी लघुवित्त र सानिमा लाइफ इन्सोरेन्स
काठमाडौं। धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई प्राथमिक सेयर (आइपीओ) जारी गर्न अनुमति दिएको छ ।
मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीयो बिक्री गर्न अनुमति दिएको बोर्डले जनाएको छ।
मानुषी लघुवित्तले २०७८ वैशाख १३ गते र सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते बोर्डसँग सेयर बिक्रीका लागि अनुमति माग गरेका थिए।
सानिमा लाईफ इन्स्योरेन्सको आइपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ भने मानुषी लघुवित्त वित्तीय संस्थाको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
प्रतिक्रिया
Facebook Comment