बोटलर्स नेपालद्वारा पत्रकार बुढाथोकीलाई धम्की, महासंघको आपत्ती

डिसी नेपाल
२ साउन २०७८ १९:००

काठमाडौं । पत्रकार महासंघका सदस्य गजेन्द्र बुढाथोकीलाई कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालले तह लगाउने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ती जनाएको छ ।

बोटलर्स नेपालले बुढाथोकीको नामै तोकेर छानमिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गरेपछि महासंघले एक विज्ञीप्ती जारी गरी आपत्ती जनाएको हो । पत्रकार बुढाथोकी बोटलर्स नेपालको ७३ प्रतिशत सेयर नेपाललाई थाहै नदिई विदेशमा लगेर किनबेच गरेको विषयमा फलोअपसहितको समाचार लेखेका थिए । बोटलर्स नेपालले उनलाई धम्की दिई उनको नामै ताकेर तह लगाउन निर्देशन गरेपछि महासंघले बोटलर्स नेपाललाई आवश्यक कारबाही गर्न समेत माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *