प्राङ्गारिक तरकारीबाट मनग्य आम्दानी

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाका किसान प्राङ्गारिक तरकारी उत्पादनमा लागेका छन्। समूहमा आबद्ध ४० मध्ये २१ किसानले रासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा खेती गर्दै आएका छन्।
घरघरमा प्लाष्टिकका टनेलमा किसानले बोडी, फर्सी, लौका, करेला र काँक्रालगायत तरकारी उत्पादन गरी बजारमा बेच्दै आएका छन्। रासायनिक मल र विषादीको विकल्पका रुपमा किसानले तरकारी बालीमा गोठेमलसँगै जैविक मल र विषादीको प्रयोग गर्दै आएका छन्। उनीहरुले स्थानीयस्तरमै पाइने वनस्पतिबाट मल र विषादी बनाई तरकारी बालीमा छर्किंदै आएका छन्।
दैनिक सिमलफाँटा गाउँबाट मात्रै ७० क्विन्टल प्राङ्गारिक तरकारी बजारमा बेच्नका लागि पठाइने गरिइएको छ। यस्ता किसानले जनही दैनिक रु चार हजार बढीको आम्दानी लिने गरेका छन्। सहजरुपमा तरकारी बेचेको पैसाले परिवारको खर्च धानिँदै आएको छ।
प्राङ्गारिक तरकारीखेतीमा लागेका अधिकांश किसान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट हटाइ यस क्षेत्रमा क्षेत्रमा पुनःस्थापना गरिएका हुन्। पुनःस्थापना गरिएका परिवारसँग स्वामित्वको १० कट्ठा जग्गा छ। सोही जग्गामा ती परिवारले प्राङ्गारिक तरिकाले तरकारी खेती गर्दै आएका छन्। रासस
Facebook Comment