नेपाललाई भारतद्वारा एकसय ५० थान आईसीयू बेड सहयोग

काठमाडौं । नेपाललाई भारत सरकारले एक सय ५० थान आईसीयू बेड सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बेड हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा मन्त्री कार्कीले महामारीको समयमा गरेको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए । साथै, उनले ती बेड अस्पतालहरुको आवश्यकता हेरी तुरून्त वितरण सुरु गरिने बताएका छन् ।
प्रतिक्रिया
Facebook Comment