गोठमा आगलागी हुँदा बालिकाको जलेर मृत्यु

डिसी नेपाल
३ साउन २०७८ २०:३१

ओखलढुङ्गा । आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो ।

स्थानीय भक्ती शरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । बालिकासँगै गोठभित्र रहेका दुई गाई र चार बाख्रा जेलेर मरेका छन् ।

गाईगोठभित्र खेलिरहेकी बालिकाले लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *