थप २७ सय १४ जनामा कोरोना पुष्टि, १२ सय ८८ निको

काठमाडौं । बिहिबार नेपालमा २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार १२२ पीसीआर र ३ हजार ७०७ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ८५५ र ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । जसमध्ये ६ लाख ३७ हजार ६९० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार २८८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २४ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ६६१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया
Facebook Comment