स्रोत नखुलेको ४० लाखसहित एक जना पक्राउ

बनियानी । स्रोत नखुलेको रु ४० लाखसहित झापा गाउँपालिका–२ बेलाइतिबारीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलाइतिबारीका ५० वर्षीय गौरी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । उनका अनुसार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेका रु ४० लाख ३७ हजार ६७० सहित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलील उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका मण्डललाई आवश्यक कारवाहीका लागि आइतबार भद्रपुर भन्सार कार्यालयमा बुझाइने उनले जानकारी दिए ।
प्रतिक्रिया
Facebook Comment