टिकटक जस्तै ‘TikDeep’ एप बजारमा सार्वजनिक

डिसी नेपाल
१० साउन २०७८ १३:१३

काठमाडाैं। (D.p.p industry Pvt.Ltd) कम्पनीले नेपालमा आफ्नै टिकटक अर्थात् TikDeep नामक भिडियो शेयरिङ एप संचालनमा ल्याएको छ। कम्पनीका प्रबन्ध निर्देशक दिपक पौडेलका अनुसार वर्ष २०७८ लाई लक्षित गरेर TikDeep सार्वजनिक गरिएको छ।

यस एपमा १५ सेकेन्ड देखि १ मिनेटसम्मको भिडियो अपलोड गर्न मिल्ने छ। कम्पनीका अनुसार प्रर्योगकर्ताको डाटा सुरक्षा र प्रर्योगकर्तालाई सहजताका साथ मनोरञ्जन प्रदान गर्ने विषयमा विशेष ध्यान दिइएको छ।

पछिल्लो समय युवा पुस्तामा मात्र नभइ हरेक उमेरका व्यक्तिमा देखिएको लोकप्रियतालाई मध्यनजर गर्दै नेपालमा आफ्नै टिकटक सरह एप निर्माण गरिएको पाैडेलले बताए।

उनले भने, ‘नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउने र प्राविधिक क्षेत्रमा अगाडी बढाउने लक्ष्यका साथ् TikDeep एप सार्वजनिक गरियो । जस बाट रचनात्मकता र प्रतिभा भएका व्यक्तिहरुलाई जोड्न सकिने छ।’

TikDeep निर्माणको सबै प्राविधिक काम सकिएको र २०७८ साललाई लक्षित गरेर TikDeep एप बजारमा ल्याइएको दिपक ले बताएका छन्। साथै अन्य धेरै विशेषता टिकटकसँग मेल खाने भएता पनि आगामी दिनमा अझै प्रभावकारी बनाउने कम्पनीको योजना रहेको छ। हालसम्म २० हजारले याे एप डाउनलाेड गरिसकेकाे कम्पनीले जनाएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *