१३ हजार ८३४ परीक्षण गर्दा २ हजार २३७ जनामा कोरोना संक्रमण, थप १८ को मृत्यु

डिसी नेपाल
१० साउन २०७८ १७:२१

काठमाडौं । गत २४ घण्टामा नेपालमा १३ हजार ८३४ जनाको परीक्षण गर्दा २ हजार २३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ५० जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार २६५ परीक्षण गर्दा ६९८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा १८ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *