नक्कली लाइसेन्स भएका डाक्टर पक्राउ

डिसी नेपाल
१० साउन २०७८ १९:१०

काठमाडौं । मेडिकल काउन्सीलको परीक्षामा असफल भएका एक डाक्टर पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकहरुले पाउने स्थायी दर्ता प्रमाणपत्रको किर्ते गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

नक्कली लाइसेन्स बनाएर बिरामी जाँच्दै आएका ललितपुर महानगरपालिका—२ का ३६ वर्षीय विजय श्याम रन्जित पक्राउ परेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महत्तोले बताए । उनले काउन्सिलले लिएको लाइसेन्स परीक्षामा सहभागी भई अनुतीर्ण भएका थिए । परीक्षामा अनुतीर्ण भएपछि उनले काउन्सिलको दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा काउन्सिलको छाप लगाई रजिष्ट्रारको दस्तखत समेत गरेका थिए ।

प्रकाउ परेका नक्कली डाक्टर रन्जित केही समय अघिसम्म ग्राण्डी अस्पतालमा काम गर्दै आएका थिए । ‘रन्जितका विरुद्ध उजुरी परेपछि सिआइबीले अनुसन्धान गरिहेका थियो केही समय अगाडी सम्म ग्राण्डीमा काम गरेको पनि देखियो,’ एसपी महत्तोले भने । रन्जितले काउन्सिलको जुन नम्बरबाट काम गरिराखेका थिए । सो नम्बर काउन्सिलको परीक्षामा त्यो नम्बरबाट लाइसेन्स परीक्षामा पास भएको नदेखिएपछि उनका विरुद्ध उजुरी परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *