आजको मौसम : प्रदेश १ र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावाना

डिसी नेपाल
११ साउन २०७८ ६:५२

काठमाडौं । सोमबार (आज) प्रदेश १ र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले नियमित बुलेटिन प्रकाशन गरी आजको मौसमका बारेमा जानकारी दिएको हो।

पूर्वानुमान महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश १ र सदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको संभाबना रहेको छ। पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।’

अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको बुलेटिनमा बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *