मानव बेचविखन नियन्त्रणको उत्तम विकल्प : उद्यमशीलता
पृष्ठभूमि
गत चैत्र १२ गतेको कान्तिपूर दैनिकमा लुम्बिनी सांस्कृतिक नगरपालिका–५ वुडन्तपुरमा माइतमा बस्दै आएकी ४२ बर्षिया सारजहाँ दर्जीको महंगो मूल्य ( ५०÷६० लाख) मा बिक्री गर्ने लोभमा हत्यागरी हातका औला काटेर उक्त महिलाको सव शुद्धोदन गाउँपालिका–६ वेती नदिमा शव फालिएको समचार आएको थियो। यसैगरी २०७८ साल वैशाख ५ गतेको कान्तिपुर दैनिकमा श्रीलंकाको “कोलम्बो जेलका २६ महिला कहिले छुट्लान ?” भन्ने शिर्षकको समाचार छापिएको थियो।
उक्त समाचारमा सरकारले २०७३ चैतमा खाडी मुलुकमा नेपाली महिला कामदार पठाउन प्रतिबन्ध लगाएपछि भारतको विभिन्न सहर हुँदै नेपाली महिलालाई अवैध रूपमा खाडी पु¥याउने क्रम निरन्तर जारी देखिन्छ र श्रीलंकामा पक्राउ परेका महिलाहरू भारतको बाटो हुँदै निरन्तर भइरहेको महिला मानव बेचबिखनको पछिल्लो शृंखला मात्रै रहेको उक्त समाचारले छापेको छ। यसैगरी “चलखेल अनलाईन” मा सरोज खनालले लेखेको खोजमूलक लेखमा सिन्धुपाल्चोक लिसंखुपाखरका ४२ वर्षीय बाबुले २०७४ फागुनमा आफ्नी १४ वर्षीया छोरीलाई मानव तस्करहरू कहाँ पु¥याउन लिएर जाँदै गर्दा नेपाल–भारत सीमाबाट पक्राउ परेको र उनले पैसा नभएकोले छोरीले कमाउली भनेर तस्करहरू कहाँ पु¥याउन लागेको प्रहरीसामु स्वीकार गरेको समाचार प्रकाशित भएको थियो। यी त मानव बेचविखनका प्रतिनिधि घटना मात्रै हुन। यस्ता कयौं घटनाहरु हाम्रो समाज वरपर पनि घटीरहेका छन्।
मानव बेचविखन के हो ?
हरेक वर्षझैँ आज पनि ३० जुलाईको दिन संयुक्त राष्ट्र संघले Victims Voices Lead the Way भन्ने नाराका साथ मानव बेचबिखनसम्बन्धी जनमानसमा सचेतना फैलाउन ‘अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस’ मनाउँदैछ। यस नाराले ‘पीडितहरूका आवाजले बाटो देखाउनेछ’ भन्ने ध्येयका साथ आगामी वर्षहरूमा आवाज र मुद्दा दुवैलाई सम्बोधन गरिएको छ।
मानव बेचबिखन परम्परादेखि नै कुन न कुनै रुपले हुँदै आएको एउटा जघन्य अपराध हो। यो एउटा यस्तो निन्दनिय अपराध हो, जसमा एउटा मानवले आफू जस्तै अर्को मानवका बिरुद्ध विभिन्न प्रकारले शोषण, हैरानी, दुव्र्यवहार, फाइदा, अपमान, विभिन्न अमानवीय, अशोभनीय र गैह्र कानूनी व्यवहार गर्दछ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को परिच्छेद–२, को ४ (१ र २) मा भएको व्यवस्था अनुसार कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानून बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने, वेश्यागमन गर्ने जस्ता कार्य गरेमा मानव वेचविखन गरेको मानिने छ भने किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आपूmसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने जस्ता कार्य गरेमा ओसारपसार गरेको मानिने छ भनी परिभाषित गरेको छ।
किन हुन्छ मानव बेचबिखन ?
मानव बेचविखन एउटा जघन्य अपराध हो भन्ने थाह हुँदाहुँदै पनि दलालहरुले वेश्यावृत्तिमा लगाउन, श्रम शोषण गर्न, जबरजस्ती सशस्त्र युद्धमा प्रयोग गर्न, अश्लील फिल्म निर्माण गर्न, सर्कसमा प्रयोग गर्न, विवाहको उद्देश्यले, लागु औषध ओसारपसार गराउन, अवैध हातहतियारको कारोवारका लागी, अन्य गैरकानुनी कार्यहरु गराउन, दासत्वमा लगाउन, मानव अंग झिक्न आदिका लागि मानव वेचविखन गरिन्छ।
कसरी हुन्छ मानव बेचविखन र ओसार पसार ?
मानव बेचविखन विरुद्धमा सरकार र सम्बन्धित निकायले जति पहल ग¥यो मानव तस्करहरुले त्यति त्यति नै मानव बेचविखन गर्ने त्यति त्यति नयाँ उपायहरु अपनाउँन खोज्छन्। मानब बेचविखन रोकथाम तथा ओसार पसार गर्न तस्करहरुले प्रलोभनमा पार्ने, छलकपट गर्नेे, भ्रमणको बहाना, रोजगारी उपलब्ध गराउने, नक्कली विवाह गर्ने, औषधी प्रयोग गरी (लठ्याएर), अन्तर्देशीय विवाह आदि माध्यम वा बहानामा मानव वेचविखन हुने गरेको छ।
मानव बेचविखन एउटा जघन्य अपराध हो भन्ने थाह हुँदाहुँदै पनि दलालहरुले वेश्यावृत्तिमा लगाउन, श्रम शोषण गर्न, जबरजस्ती सशस्त्र युद्धमा प्रयोग गर्न, अश्लील फिल्म निर्माण गर्न, सर्कसमा प्रयोग गर्न, विवाहको उद्देश्यले, लागु औषध ओसारपसार गराउन, अवैध हातहतियारको कारोवारका लागी, अन्य गैरकानुनी कार्यहरु गराउन, दासत्वमा लगाउन, मानव अंग झिक्न आदिका लागि मानव वेचविखन गरिन्छ।
मानव बेचबिखनका प्रमुख कारणहरु
संसार आधुनिकीकरणको युगमा छ। तर पनि अझ नेपालसहित विश्वका धेरै देशहरूमा मानव बेचबिखन तथा ओसार–पसार निक्कै गम्भीर समस्याका रूपमा पाइन्छ। रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारण बन्दै आइरहेका छन्। मानव बेचविखन एउटा जघन्य अपराधहो र यसका लागि सम्वन्धित निकायले नियन्त्रणको पहल पनि गरिरहेको नै छ। मानव बेचविखन नियन्त्रणका लागि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र नियमावली, २०६५, मानव शरिरको अंग प्रत्यारोपन (नियमित तथा निषेध) ऐन, २०५५ र मृगौला प्रत्यारोपन (नियमित तथा निषेध) नियमावली, २०५८, संगठित अपराध निवारण ऐन, २०७०, बालबालिका सम्बन्धी ऐन, २०७५, बालश्रम (नियमित र निषेध गर्ने) ऐन २०५६, कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८, श्रम ऐन, २०७४, लागयत थुप्रै ऐन कानुन मार्फत यसलाई नियन्त्रण, रोकथान र कारवाही समेत गर्ने प्रयास गरिएको छ। तरपनि मानव वेचविखनको दर अझै घट्न सकेको छैन।
घरेलु हिंसा महिलाहरू बेचिने अर्को कारण हो। घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुन्छन ्। हिंसामा परेकाहरू सधैं अवसरको खोजीमा हुन्छन्। उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाडैं त्यस्ता दलालको पञ्जामा पर्छन्। आधुनिक सुविधाको उपभोग गर्ने रहर र धन कमाउने विदेश घुम्ने रहर पूरा गर्ने लालसाले गर्दा पनि बेचिन पुगेका छन्। यसको साथै बसाईसराई, बढी नाफाको व्यापार, भारतसँगको खुला सिमाना, विश्वव्यापीकरण, छिटो पैसा कमाउने माध्यम, अवैध बैदेशिक रोजगार, चेतनाको कमी, अपराधिको न्यून पहिचान र कारवाही आदि कारणले मानव वेचविखनका घटनाहरु दिन प्रतिदिन बढी रहेका छन्।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न हुन सक्ने व्यक्तिहरु
मानव वेचविखन हुने संम्भावना अपरिचित र अनजानको व्यक्तिबाट एकदमै कम हुन्छ। यस्ता क्रियाकलापमा स्थानीय दलाल, परिवारका सदस्य तथा नातेदार, अन्य देशका दलाल, वेश्यावृतिमा संलग्न स्थानीय व्यक्ति, कारखाना तथा काम गर्ने ठाउँमा कार्यरत व्यक्ति, साथीसंगति, वेश्यालय संचालक र त्यसमा कार्यरत व्यक्तिहरु, मानव अंग कारोवारीहरु, सर्कस संचालकहरु, डान्स रेष्टुरेण्ट तथा मसाज पार्लर संचालकहरु आदिको सम्लग्नता हुने गरेको अध्ययनले बताएका छन्।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका चुनौती तथा वाधाहरु ?
मानव तस्करी र मानव बेचबिखन फरक कुरा हुन् तथापि तस्करीमा दुवै पक्षबीच शुरुमा सहमति भएजस्तो पनि हुन्छ र बेचबिखनमा पर्ने जोखिम पनि रहन्छ। मानव वेचविखन नियन्त्रण गर्न गिरोहका सामु त्यसलाई रोक्ने निकायहरू प्राय : असफल हुँदै आएको जस्तो देखिदैछ। मानव तस्करी र वेचविखन संगठित योजनाअनुसार हुने गर्छ। बेच्ने गिरोहले बेचिनेलाई फरक÷फरक लालच दिएका हुन्छन्। पीडितलाई हिजोजस्तो वेश्यालयमा नै पुर्यााउनुपर्छ भन्ने छैन। डान्स बार, क्याबिन रेष्टुरेन्ट लगायतमा पनि बेचिन्छन्। विवाह गरेको नाटक गरी विदेश पु¥याउने पनि गरिन्छ। सरोगेट मदरको रुपमा पनि बेचिएका छन्। छाला झिक्ने र किड्नी लगायतका अंग झिक्न पनि बेचिएका छन्। स्वदशमै वा वैदेशिक रोजगारीको लालचमा पनि बेचिन्छन्।
मानव वेचविखन हुने संम्भावना अपरिचित र अनजानको व्यक्तिबाट एकदमै कम हुन्छ। यस्ता क्रियाकलापमा स्थानीय दलाल, परिवारका सदस्य तथा नातेदार, अन्य देशका दलाल, वेश्यावृतिमा संलग्न स्थानीय व्यक्ति, कारखाना तथा काम गर्ने ठाउँमा कार्यरत व्यक्ति, साथीसंगति, वेश्यालय संचालक र त्यसमा कार्यरत व्यक्तिहरु, मानव अंग कारोवारीहरु, सर्कस संचालकहरु, डान्स रेष्टुरेण्ट तथा मसाज पार्लर संचालकहरु आदिको सम्लग्नता हुने गरेको अध्ययनले बताएका छन्।
मानव बेचविखन नियन्त्रणका चुनौतीहरुमा आफु बेचिएको भन्ने जानकारी नहुनु, आधुनिक जीवनशैली प्रतीको मोह, प्रविधिको गलत प्रयोग गर्नु, अशिक्षा,गरीबी र वेरोजगारीको कारण, अन्तरदेशिय प्रवृत्तिको अपराध भएको हुँदा अपराधिक कार्यलाई दण्डित गर्न कठिनाई हुने, संगठित रुपमा गरिने अपराध भएको हुँदा संजाल पहिचान गर्न कठिनाई, बैदेशिक रोजगार प्रतिको मोह, पर्याप्त ऐन कानुन नहुनु आदि रहेका छन्। उसको अतिरिक्त आधुनिकीकरणसँगै मानव बेच्ने स्वरुपहरू बदलिएका छन्। मानव तस्करीको जालो विश्वभरि नै फैलिएको छ। सबै सेटिंग संगठित जालोले पहिला नै तय गर्छ। संगठित अपराधीसम्म अनुसन्धान पुग्न नसक्नु प्रमुख चुनौती तथा वाधा रहेको छ।
मानव बेचविखन न्यूनिकरणका उपायहरु
मानव वेचविखन तथा नियन्त्रण एउटै व्यक्ति वा निकायबाट मात्र सम्भव छैन। विश्वकै प्रमुख तीन अपराध मध्येको एक अपराध मानिने यस अपराधलाई नियन्त्रण गर्न समाजमा चेतना फैलाउने, पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन विद्यालयदेखि नै बालबालिकालाई यसका बारेमा शिक्षित गराउनु पर्ने, रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरका बारेमा जानकारी गराउने, व्यक्तिगत तवरबाट आफु सचेत रहि परिवार र साथीहरू सवैलाई सचेतना फैलाउने, शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको वारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्वन्धित निकायसँग समन्वय गर्ने, सामूहिक रुपमा मानव बेचविखनको जोखिममा रहेका समूदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, र्याली, घरदैलो जस्ता कार्यक्रमहरू गर्ने, मानव बेचविखनविरुद्ध क्रियाशिल सरकारी र गैर सरकारी संघ–
संस्थाहरूसँग समन्वय गर्ने,
पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श प्रदान गर्ने, हिंसामा परेका पीडित प्रभावितलाई आत्म सम्मानपूर्वक बाँच्न पाउने वातावरण सृजना गर्दै पुनस्र्थापनाका लागि क्रियाशिल रहने, गैर नेपाली आवासीय संघसँग मिलेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई विशेष ज्ञान, सीप र सुविधा दिने, सिमा नाकाहरुमा संघ संस्था र नागरिक समाजसंग मिलेर निगरानी प्रभावकारी बनाउनु पर्ने, अनुसन्धान पद्धतिमा व्यापक सुधार गरी विज्ञ समूह खडा गर्ने र विशेष अनुसन्धान पद्धति लागू गरिनु आदि रहेका छन्।
आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य यस धर्तीमा फस्टाउँदै जानु कथित सभ्य समाजको कलंक हो। भनिन्छ, संसारमा फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध संगठित अपराधहरु हातहतियार, मानव बेचबिखन तथा लागू औषध मध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रुपमा दर्ज भएको छ।
यसका साथै विदेशमा मानव बेचबिखनको जोखिममा रहेका नेपालीहरुको उद्धारको लागि “इन्टरपोल” सँग समन्वय गरी सीमा क्षेत्रका प्रवेश नाकाहरुमा बिशेष सतर्कता, चेकजाँच, गर्ने, अत्याधिक बैदेशिक रोजगारीमा जाने जिल्लाहरुमा बिशेष निगरानी र मानव बेचबिखन सम्बन्धी सचेतना अभिवृद्धि गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा सरोकारवालाहरुसँग समन्वय, सहकार्य र मानव बेचबिखनका सम्भाव्य पीडितहरुको पहिचान गरी उद्धार गर्ने र देशभर मानव बेचबिखनका जोखिम र प्रभावहरुबारे व्यापक जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन आदि यसका नियन्त्रणका उपायहरु हुन।
अन्त्यमा, आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य यस धर्तीमा फस्टाउँदै जानु कथित सभ्य समाजको कलंक हो। भनिन्छ, संसारमा फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध संगठित अपराधहरु हातहतियार, मानव बेचबिखन तथा लागू औषध मध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रुपमा दर्ज भएको छ।
यस अपराधको संगठित जालो तोड्नु नै आजको मुख्य अवश्यकता हो। गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक जागिरको प्रलोभनमा त कतिलाई विवाहवारीको मायाजालमा पारेर मानव बेचबिखन र तस्करीका घटना बग्रेल्ती मात्रामा भेटिने गरेका छन्। मानव बेचविखन अन्त्य गर्न हरेक मुलुकको सरकारले गरिबी हटाउने कामलाई विशेष जोड दिने र रोजगारीका अवसर सिर्जना गर्ने नीति अपनाउनु पर्छ। नेपालको परिप्रेक्ष्यमा यसका उत्तम विकल्प उद्यमशीलता हो।
उद्यमशीलता कुनै उद्यमीले अवसरहरु पहिचान गरेर ती अवसरहरुबाट फाइदा उठाउन विभिन्न जोखिम बहन गर्दै नयाँ व्यवसाय आरम्भ गर्नु र त्यसलाई निरन्तरता दिने क्रियाकलापसँग सम्बन्धित छ जस्को उद्देश्य प्राप्त साधन र स्रोतको उचित समायोजन र परिचालन गरी नयाँ कार्यको सञ्चालन गरी नाफा कमाउनु हो।
उद्यमशीलताको विकासले देशको आर्थिक विकासको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यस्ले देशमा धनोपार्जन गरी पूजिँ निर्माण गर्ने, स्वदेशमा नै रोजगारीका अवसरहरु सिर्जना गर्ने, देशमा रोजगारीको अवसर सृजना गरी सामाजिक समन्वय र एकताको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, देशमा प्राप्त भएका कच्चा पदार्थको सदुपयोग हुन्छ, उत्पादित सामग्रीहरुको बिक्री वितरण गरी सरकारलाई राजस्व प्राप्तिमा सहयोग गर्दछ, रोगजारीको माध्यमबाट कमजोर वर्गमा पनि स्रोत साधन सम्पत्ति र सीप हस्तान्तरण हुँदै जान्छ। यस्ले न्यायपूर्ण समाजको स्थापना गर्न गराउँछ। आज चीन र जापनले गरेको विकास उद्यमशीलताको एक नमुना हो। त्यहाँ कोही पनि मानिस खाली वस्दैनन्। विदेशी सामाग्री भित्रिन दिदैनन् र आफूलाई चाहिने सम्पूर्ण सामाग्री आफैं उत्पादन गर्दछन्, जस्ले गर्दा आफ्नो मुद्रा विदेश जाँदैन। स्थानीय साधन र स्रोतको उच्चतम् सदुपयोग हुन्छ। आज विश्वमा जतिपनि मानिसहरु धनी भएका छन् त्यो उद्यमशीलता कै उपज हो। यसरी उद्यमशीलताको माध्यमबाट व्यक्ति, समाज एवम् राष्ट्रको आर्थिक, सामाजिक समस्याको समाधान एवम न्यूनिकरण गर्ने कुरामा महत्वपूर्ण योगदान
पुग्दछ।
हाम्रो जस्तो देशमा मानव वेचविखन नियन्त्रण गर्ने एक उत्तम विकल्पको रुपमा उद्यमशीलतालाई दिन सकिन्छ। यसको विकासका लागि ध्यान दिन सबैको ध्यान जाओस् शुभकामना।
साबित्रा दहाल (भट्टराई) , झापा
Facebook Comment