कविता : अचम्मका मानिस
अचम्म छन्
मानिस
न चिन्नु छ
न संगत गर्नु
केबल
अरूको
कुरो सुनेर
अड्कल
काट्छन्
मानिस
कुरो काट्दै
गर्दा
त्यो बिचरो
कुरा काटिने
न ठुलो छ
न सानो
संसार उस्को
फुच्चे
कमै छन्
आफ्नो
कुरा काट्छन्
फुच्चेकै
बेसरी
नचिन्नु
न जान्नु
नराम्राे राम्रो
भनेरै संसारलाई
सुनाऊछन्
न भेटनु
न बोल्नु
न पैसा
लिनु
न कुनै
कामनै
पर्नु
कस्तो संस्कार
र समाज छ यो
अरूकै कुरा
सुन्छन्
अनि भन्नु
नभन्नु
भन्छन्
साराको
खेदो नै
खन्छन्
प्रतिक्रिया
Facebook Comment