सामाजसेवी कठायतद्वारा कर्णाली प्रदेशलाई ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग

सुर्खेत। युवा समाजसेवी एवं व्यावसायी दिलबहादुर कठायतले कर्णाली प्रदेशलाई ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेका छन्। कर्णाली प्रदेशका लागि सहयोग पठाएका ४० थान अक्सिजन कन्सनट्रेटर मध्य कर्णाली प्रदेश अस्पताललाई ५ लिटरको १५ थान अक्सिजन कन्सनट्रेटर आइतवार समाजसेवी दिलबहादुर कठायतका भाइ केशव मार्फत कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्कालाई हस्तान्तरण गरिएको छ।
‘कोरोना महामारीको बेलादेखि कर्णाली प्रदेश अस्पताललाई ठूलो मन भएका मनकारीहरुले सहयोग गर्दै आइरहेका छन्, ‘निर्देशक डाक्टर खड्काले भने, ‘कठायतजीको सहयोग पनि प्रदेश अस्पतालको लागि अतुलनीय रहने छ। उहाँलाई अस्पतालको तर्फबाट धन्यवाद सुनाइदिनु होला।’
कालिकोट जिल्ला शान्नी त्रिवेणी गाउँपालिका १ लुसाका स्थायी बासिन्दा समाजसेवी कठायतले कालिकोट जिल्ला अस्पताललाई १० थान जिल्लाकै शान्नि त्रिवेणी गाउँपालिकालाई ५ थान, रास्कोट नगरपालिकालाई ५ थान, र पचालझरना गाउँपालिकालाई ५ थान र सुदुरपश्चिम प्रदेशको लम्की चुवा नगरपालिकालाई १० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेका छन्।
कालिकोटको लागि पठाएको अक्सिजन कन्सनट्रेटर स्थानीय तहहरुसँगको समन्वय र जिल्ला अस्पताल कालिकोटको समन्वयमा जिल्लामा पठाउन लागिएको कठायतका भाइ केशवले जानकारी दिए। अबको केहि दिनमा सम्बन्धित स्थानीय तह र जिल्ला अस्पताल कालिकोटमा पनि अक्सिजन कन्सनट्रेटर पुगि सक्ने उनले बताए।
समाजसेवी दिलबहादुर कठायतले कर्णालीका बाढि पीडित अग्नी पीडित र विपन्न परिवार र उपचारको अभावमा रहेका नागरिकहरुको लागि सहयोग गर्दै आइरहेका छन् । हाल समाजेवी कठायत व्यापारको सिलशिलामा चाइना गुन्जाओमा बस्दै आइरहेका छन्।
Facebook Comment