थप ३७ सय जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३५ हजार नजिक

काठमाडौं । शुक्रबार नेपालमा ३ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ४९३ पीसीआर र ६ हजार १८२ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ४३० र १२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७७ हजार ५८९ पुगेको छ । जसमध्ये ६ लाख ६५ हजार ५४८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार १९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया
Facebook Comment