कविता : अन्तिम नियति
थाहा छ
सपना झुठो हो
अनि रहर अधुरो हो।
तर, बाँचिरहनको लागि
केही बहाना पनि चाहिन्छ।
त्यसैले हामी अन्तर मनमा
उद्देश्य बोक्छौं र हिँडिरहन्छौं।
केही रहर, बाध्यता, उद्देश्य
अनि भाव बोकी
एक दिन
प्रकृतिले बस् भन्छ र हामी स्तब्ध हुन्छौं।
हाम्रा सबै अहंकारहरु मलामी जान्छ।
र
निर्जीव हुन्छौँ सजीवबाट
श्वास रोक्छ र सकिन्छ एउटा कथा।
जिउँदाहरु गुन गुनाउँछन्
हाम्रो व्यथा बेदना र बिगत नियाल्दै।
केही पल चर्चामा रहन्छौँ
र खरानी सँगै
बग्छौं, उड्छौं र हराउछौं।
प्रतिक्रिया
Facebook Comment