एनआरएनए एनसीसी यूकेमा प्रेम गाहामगरको प्यानल विजयी

डिसी नेपाल
२३ साउन २०७८ २१:३६

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) यूकेको अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन् । अनलाइन मतदानमार्फत उनले अध्यक्षका अरू दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई हराएका हुन् ।

यहि अगष्ट ३ मा सम्पन्न अनलाइन निर्वाचनको नतिजा रोकेर ४ दिनपछि सार्जवनिक गरिएको हो । निर्वाचन समितिले शुक्रबार राति पत्रकार सम्मेलन गरी निर्वाचित कार्यसमिति घोषणा गरेको हो । जसअनुसार अध्यक्ष निर्वाचित गाहामगरले ४५ सय ७४ मत पाएका छन् भने श्रेष्ठले २१ सय ९१ र प्रधानले २१ सय ४८ मत प्राप्त गरेका छन् ।

समितिका अनुसार अध्यक्षसहित कार्यसमितिका सबै पदमा गाहामगरकै समूह विजयी भएको हो । निर्वाचन समितिका अनुसार एनसीसी यूकेको २ उपाध्यक्षमा सुनिलबाबु खड्का र गोविन्द खरेल विजयी भएका छन् । महिला उपाध्यक्षमा शकुन्तला गुरूङ विजयी भइन् ।

नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कँडेल विजयी भए भने एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्की निर्वाचित भए ।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू विजयी भइन् । २ सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र बशादुर आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्मा विजयी भए । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भए ।
कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।

घोषित नतिजाअनुसार एनआरएनए इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशिराम भण्डारी अध्यक्षमा विजयी भएका छन् । परिषदको उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी भए ।

त्यस्तै, स्कटल्यान्ड राज्य परिषदमा काशिराम भण्डारी विजयी भएका छन् । स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी भन्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भए ।

सदस्यमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल विजयी भएका छन् । वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भएको थियो । यसपटक झन्डै साढे ११ हजार मतदातामाझ बेलायती कम्पनी च्वाइस भोटिङले ‘डिजिटल भोटिङ’ गराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *