एमाले विवाद मिलाउन राष्ट्रपतिलाई अनुरोध

डिसी नेपाल
२५ साउन २०७८ ६:३६

काठमाडौं। एमालेभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यस्थता गरिदिन आग्रह गरिएको छ । एमाले उपाध्यक्ष भीम रावलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर विवाद मिलाउन मध्यस्थता गरिदिन आग्रह गरेका हुन् । उनले राष्ट्रपतिसँग करिब तीन घण्टा कुरा गरेका थिए ।

स्रोतका अनुसार रावलले विवाद मिलाउन पार्टी अध्यक्ष केपी ओली नै बढी जिम्मेवार हुनुपर्नेमा कार्यदलबाट लगेको प्रस्तावसमेत अस्वीकार गर्ने परिस्थिति बनेको गुनासो गरेका थिए ।

पार्टी बचाउने जिम्मेवारी सबैको हो त्यसका लागि तपाईं (भण्डारी) ले मध्यस्थको भुमिका निर्वाह गर्नुस् । माधव नेपालको पनि प्रतिष्ठा कायम रहोस् ।

‘माधव नेपाल पार्टी बाहिर रहे कम्युनिष्ट आन्दोलनलाई घाटा हुन्छ’, रावलको भनाइ उद्धत गर्दै उनी निकट एक नेताले भने । ती नेताका अनुसार नेकपा एमाले टुक्रिए वाम आन्दोलन छिन्नभिन्न हुनेमा राष्ट्रपति भण्डारी र रावल सहमत भएका थिए ।

‘कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रुपमा रहेको एमालेभित्र देखिएको विवादमा ओलीले हदैसम्म पेलेको सत्य हुँदाहुँदै माओवादीसमेत एकीकरण भएपछि बनेको नेकपाले एमालेको विवादलाई थप उत्कर्षमा पुर्याएको विषयमा समेत चर्चा भएकाे थियो’ , स्रोतले भन्यो ।

भेटमा राष्ट्रपति भण्डारीले पनि रावललाई पार्टी एकताका पक्षमा निरन्तर प्रयास गर्न आग्रह गरेकी थिइन्। नागरिक दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *