नेपाली मजदुर एकता समाज मलेसियाको प्रथम अधिवेशन खुला प्रतिष्पर्धाबाट हुने

मलेसिया। मजदुरका लागि मजदुर अभियान नेपाली मजदुर एकता समाज मलेसिया समितिको प्रथम अधिबेशन खुल्ला प्रतिस्पर्धाबाट हुने भएको छ।
गैरसरकारी, गैरराजनीतिक तथा गैर मुनाफा मुखी रहने प्रतिबद्धतासहित स्थापना भएको नेपाली मजदुर एकता समाज मलेसिया समितिको प्रथम अधिबेशन आउँदो आइतबार १५ अगस्टमा हुने नेपाली मजदुर एकता समाज मलेसिया समितिका निबर्तमान अध्यक्ष रामप्रसाद सुबेदी संगमले जानकारी दिए।
अधिबेसनलाइ थप प्रभाबकारी बनाउन ३ सदस्यीय निर्वाचन समिति गठन गरि सम्पुर्ण जिम्मेवारी निर्वाचन समितिलाई दिइएको छ निर्वाचन समितिको संयोजकमा तिलोचन गौतमलाई जिम्मेवारी दिईएको छ भने सदस्यहरुमा आर एन चौधरी थारु र रेश्माकला राईलाई जिम्मेवारी दिइएको छ।
आगामी आइतबार हुने अधिबेशनमा नेपाली मजदुरका हिक हितका निम्ति काम गर्न चाहाने र मलेसियामा श्रम गरिरहेका नेपाली श्रमिकहरुले संस्था को बिधान संम्बत रहेर जुनसुकै पदका लागि आगामी बिहिबार बेलुकी ५ बजेसम्म निर्वाचन समितिमा खुला उमेदवारी दर्ता गरि प्रतिस्पर्धा गर्न सकिने छ ।
स्वदेश देखि प्रवास सम्म छरिएर रहनु भएको सम्पुर्ण श्रमजीवी नेपाली दाजुभाइ दिदीबहिनीको श्रम शोषण उत्पीडन र अन्यायको विरुद्धमा न्यायको पक्षमा विना स्वार्थ विना पुर्वाग्रह गैरसरकारी , गैरराजनीतिक तथा मुनाफा रहित रूपमा अभिभावक बन्ने अन्यायमा परेका सम्पूर्ण श्रमजीवी हरुलाइ सम्पुर्ण हिसाबले सहयोग गर्ने मुख्य उद्देश्यले २८ जुलाई २०१९ मा मलेसियाको राजधानी क्वालालम्पुर बाट औपचारिक स्थापना भएर संचालन हुँदै आएको नेपाली मजदुर एकता समाज यतिबेला नेविश्वका विभिन्न मुलुकमा सक्रिय र प्रत्यक्ष श्रमजीवी संग सहकार्य गर्दै आएको संस्था हो।
Facebook Comment