लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

डिसी नेपाल
२८ साउन २०७८ १६:१५

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादीका संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । केसीलाई काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ ।

काँग्रेससहितका विपक्षी गठबन्धनकोे तर्फबाट केसीले नयाँ सरकार बनाउन ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयले विहीवार दिउँसो ३ बजेसम्म नयाँ सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेस गर्न प्रदेश सभाका प्रमुख राजनैतिक दलहरुलाई बुधवार सूचना जारी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *