लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई सपथग्रहण गराएका हुन् ।
नेकपा माओवादीका संसदीय दलका नेता केसीलाई प्रदेश प्रमुख शेरचनले नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ ।
काँग्रेससहितका विपक्षी गठबन्धनकोे तर्फबाट केसीले नयाँ सरकार बनाउन ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेका थिए ।
प्रदेश प्रमुखको कार्यालयले विहीवार दिउँसो ३ बजेसम्म नयाँ सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेस गर्न प्रदेश सभाका प्रमुख राजनैतिक दलहरुलाई बुधवार सूचना जारी गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment