मुख्यमन्त्री केसीले गरे ७ सदस्यीय मन्त्रिपरिषद विस्तार, मन्त्रीहरुद्वारा शपथ ग्रहण
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् ।
जसमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी शहरी तथा ग्रामीण विकासमन्त्री, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का आन्तरिक मामिला तथा कानुनमन्त्री, जनता समाजवादी पार्टीबाट सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । जनता समाजवादी पार्टीबाट पुरमती ढेंगा, सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
नवनियुक्त मन्त्रीहरुले मुख्यमन्त्री केसीसँगै शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् ।
प्रतिक्रिया
Facebook Comment