कथा : राष्ट्रपति सरुपा नगर्ची
तुलाधन ओखरबोटे कमलाक्षीको भीडमा एक्लै थियो। उसका मनमा कुरा खेले–यसपटक हाम्रो बर्गबाट कसो नहोला राष्ट्रपति! कसले भन्छ हामी दुर्बल छौँ, होचा छौँ। हामी जनजाति त होइनौँ, आर्यवंशी नै हौं।’ याङ्सिला उपन्यासमा हामीलाई उच्च स्थानमा राखेको पनि देखें। ईश्वर भए अब दाहिने भैदिउन।’ ऊ आत्मसंवाद गर्दागर्दै खर्बुको मःम पसलमा पस्यो।
उसलाई अलिक सिथिल देखेर मःम पसलेले भन्यो–ओखरबोटे, कोभिड लाग्यो कि कसो? त्यसो हो भने पसलमा नबस है। खुरुक्क घर जाऊ। कसैको भर पर्न सक्दिन। मेरो पसलमा घाटा नहोस। मित्रता आफ्नो ठाउँमा व्यापार आफ््नो ठाउँमा । भन्द्याछु।’ खर्बुले परिस्थिति अनुसार भन्यो।
‘कुरा अर्कै छ , तिमी बुझ्दैनौं।’
‘भन न नभनी कसरी बुझ्नु?’
‘हाम्रो नाइकेले सडक थुन्ने भन्छ। मलाई व्यवस्था गर भन्छ । तिमी नै भन त कसरी सडक थुन्ने?’
‘सडक जाम गर्ने भन्या होला लाटा!’
‘हो त्यै त्यै।’
‘हे लाटा! त्यत्ति कुरा? त्यै हो तिम्रो समस्या? त्यसमा अध्याँरो मुख लाउन पर्ने के छ ? सडक जाम गर्नु कुन महाभारत रच्नु हो?’
के भन्छ यो खोर! यो क्यै होइन?’
‘ठीक भन्छु भन कति खर्च गर्छौ ?कहाँको सडक कति बजे जाम गर्ने, कति बजे खोल्ने ? ठाउँ र समय पक्का गर।’
‘त्यै ठाउँ क्या सिंहदरबार, पुतलीसडक, रत्नपार्क, शहीद गेट, भद्रकाली, थापाथली, त्रिपुरेश्वर अनि…अनि…अनि’
रानीपोखरी भन न लाटा! कि मण्डला भर्ने?’
‘हो हो मण्डला भर्ने। नौ ठाउँ पुग्यो हैन?’
‘कहाँ कसरी गने त्यो सबै थाहा छ मलाई।’
‘अनि रकम नि’
‘पक्का भनौ ?’
‘भन’
‘यदि तिमी प्रधानमन्त्री या राष्ट्रपति हुन्छौ भने तिम्रा लागि म पैसा नलिई सडक जाम गर्दिन्छु। हैन अरुकै लागि भने दुई करोड लाग्छ। आँट छ ?’
‘कम गर्न मिल्दैन?मिलाऊ न।’
‘पैसा कसको? हाम्रा सन्तानले अरब गएर रगत पसिना बेचेर कमाएको पैसा हैन? देशका युवा युवती बेचेको रकम त होइन? हैन भने डराउँछौ किन? राजनीति खेल्नेले गरेको अपराध छोप्ने या बोका पाठी किनबेच गरेर सत्ता हाक्ने हो र भन्या! सडक जाम गर्दा कोही म¥यो या कुनैलाई चोटपटक लाग्यो भने रकम थपिन्छ नि! त्यो पनि मनमा राखि छोड।’
‘पख है त, पहिले मेसेज गरौँ, मेल गरौँ अनि कुरा टुंग्याउँला।’
नाङ्लोभन्दा ठूलो मःम बनाउने भाँडोले सुकिलो बाफ निकाल्न थाल्यो। ग्राहकहरु लाइनमा लागे। तयार भो। नानी छोरी मःम दिदैँ गई, खर्बु रकम लिँदै गयो। लाइन सकियो।
तुलाधन ओखरबोटेले उज्यालो अुनुहार पारेर भन्यो–लौ हुन्छ कुरा मिलाऊ।
‘मेरो कुरा पनि सुन। खाना र सफाइको एक करोड। मेरो एक करोड। साथीलाई पनि भागसान्ति दिनुपर्छ नि हैन र? यो त टीमवर्क हो नि।’ उसले थप्यो ‘कहिले कति बजे गर्ने हो गते बजे र ठाउँ टिपाएर जाऊ। फोन नं. र रकम दुई दिन पहिले छोडेर जानु। रकम हात परेपछि काम हुन्छ । बोलीमा भर छैन। नत्र शर्त क्यान्सिल गर।
तोकिएको ठाउँमा भेडा हुलेर सडक जाम भो। डोरी टाँगेर भेडा थुने। कुकुर गोठालो भयो । सडक जाम सजिलै भयो।
‘सरुपा नगर्ची अबकी राष्ट्रपति’ सरुपा नगर्ची हाम्रो राष्ट्रपति। अबको पालो सरुपाको भन्ने ट्याग भेडाका घाँटीमा झन्निएका थिए। ठूला व्यानरमा पनि यिनै कुरा प्रदर्शित भए।
भेडा र सडकजाम एउटा पर्वको रुपमा स्थापित भएकाले यसमा धेरैले खुसी मनाए भन्ने समाचार भाइरल हुँदै रह्यो। यसपटक मिडिया त्यति सक्रिय देखिएन। ठूला नियुक्ति उच्च न्यायालयबाट हुनथालेपछि जनअदालतले पनि नागरिक सभाको छाताबाट सरुपा नगर्चीलाई राष्ट्रपति घोषणा गरेर नयाँ नजिर खडा गरिदियो।
गृह र संचार मन्त्रालयले हेलिकोप्टरबाट घुमेर हेरे। ट्राफिक प्रहरीले जै नेपालसँगै नागरिकलाई सुसुचित ग¥यो। फोन र फोटोग्राफीको व्यस्तता बढ्यो। मेलहरु चले विद्युतीय संचार सक्रिय भयो। नेपाली पुगेको संसारम सबैकुरा भाइरल भए।
सडकजाम गर्ने सोच र विधिको तारिफ अन्तर्राष्ट्रिय क्षेत्रबाट खूब चल्यो। भेडा र तिनका घाँटीमा झुन्निएका राष्ट्रपति सरुपा नगर्ची हुनैपर्छ, माग पूरा गर्नै पर्छ भन्ने नाराका फोटा पनि भाइरल हुँदै रहे। स्वदेशको कुनाकुनामा यी दृश्यहरु पुगे। आनन्द र आश्चर्यको सीमा रहेन।
पशु जगतलाई राजनीतिक क्षेत्रमा सहभागी गराउने दुई सदस्य सर्वश्री तुलाधन ओखरबोटे र खर्बु सल्लेरीलाई बुद्धिजिबी संघ, मःम व्यवसायिक संगठन र पशुजन अधिकार संगठनले संयुक्त रुपमा ५/५ लाख नगद पुरस्कार प्रदान गरे भने ट्राफिक प्रहरी महाजन मन्चले पनि जनकदर पत्रले सम्मान गर्यो।
कुन उद्देश्यका लागि सडक जाम गर्ने नौलो पद्धति अंगालिएको हो ? भन्ने प्रश्नको उत्तरमा सडकजाम गर्ने योजनाका जनकले खुलेर भने, ‘हामी सत्तामा अर्को नश्ल भर्न चाहन्थ्यौँ र सफल पनि भयौँ किनकि वचन लिएका छौँ। अब हाम्रा इतिहास पुरुष तथा महान विचारक विसे नगर्चीको १३ औँ पुस्ताकी सन्तान सुश्री सरुपा नगर्ची यस देशमा तेस्रो राष्ट्रपति हुनेछन्। हाम्रो मुरीमरी शुभकामना छ।’
त्यसैगरी भेडा–च्यांग्रा मल राज्यमन्त्री श्री बुद्धिबिलास विसर्जनले अब हुने राष्ट्रपतिका लागि सरुपा नगर्चीलाई अग्रिम शुभकामना प्रदान गरे।
भेडा र सडकजाम एउटा पर्वको रुपमा स्थापित भएकाले यसमा धेरैले खुसी मनाए भन्ने समाचार भाइरल हुँदै रह्यो।
यसपटक मिडिया त्यति सक्रिय देखिएन। ठूला नियुक्ति उच्च न्यायालयबाट हुनथालेपछि जनअदालतले पनि नागरिक सभाको छाताबाट सरुपा नगर्चीलाई राष्ट्रपति घोषणा गरेर नयाँ नजिर खडा गरिदियो।
यस घटनालाई मिडियाले कार्यकारी राष्ट्रपतिको प्रत्यक्ष चुनाव भएको दावी ग¥यो। नश्ल फेरिएको हो भन्ने खुशीमा जनताले रातभर सडक र गल्लीहरुमा ककटेल पार्टी चलाए। अबीर पर्व चल्दै रह्यो।
नयाँ वर्षको शुभ अवसरमा सरुपा नगर्ची राष्ट्रपतिको पद ग्रहण गर्नेछन्–बिगुल बज्दै गयो। शंख घोषणा हुँदैरह्यो। किन्तु नश्लवादीको मनमा शहनाईको रुन्चे भाका गुँज्दै गयो। नागरिकले नौलो अध्याय थालिएको अनुभव गरे।
Facebook Comment