थप २ हजार ६ सयबढीमा कोरोना पुष्टि, १३ सय निको

काठमाडौं । शनिबार नेपालमा २ हजार ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ६६७ पीसीआर र ४ हजार ९०६ एन्टीजेन परीक्षणमा क्रमशः १ हजार ९४७ र ६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ । जसमध्ये ६ लाख ८० हजार ८१५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३२० जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २० जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार २५९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया
Facebook Comment