लुम्बिनी प्रदेशमा भदौ १ गते नवौं अधिवेशन आह्वान

काठमाडौं । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गते दिउँसो १ बजेका लागि ९ औं अधिवेशन आह्वान गरिएको छ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको उल्लेख छ।
प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारमात्रै प्रदेशसभा विशेष अधिवेशन अन्त्य गरेका थिए।
प्रतिक्रिया
Facebook Comment