मजदुर एकता समाज मलेसियाको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा अर्जुन सिंह अनुरागी
मलेसिया । नेपाली मजदुर एकता समाज मलेसिया समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ । आइतबार मलेसिया समय अनुसार दिउसो १२ बजेदेखि नेपाली मजदुर एकता समाज मलेसिया समितिका निवर्तमान अध्यक्ष राम प्रसाद सुबेदी संगमको अध्यक्षता नेपाली मजदुर एकता समाज केन्द्रीय समिति अध्यक्ष तेजबहादुर कार्कीको प्रमुख आथित्यता, नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका डि।सि।एम मोति श्रीसको विशिष्ट आथित्यतामा भर्चुअल माध्यमबाट अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले अर्जुन सिंह अनुरागीको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । यस्तै उम्मेद्वारी नपरेका केही पद बाँकि रहेको र बाँकि रहेका पदमा नयाँ समितिले चयन गरेर जाने गरी तयारी गरिएको छ । निर्वाचन समिति संयोजक तिलोचन गौतमले घोषणा गरेको समितिको उपाध्यक्षमा सैलेस सौगात, महासचिवमा सिंह बहादुर मुक्तान, सचिवमा लाल बहादुर ओली, कोषअध्यक्षमा विशाल श्रेष्ठ, सह–कोषाध्यक्षमा प्रेम बिष्ट अन्जान, सञ्चार विभाग प्रमुखमा भिम लुहार रहेका छन् ।
त्यस्तै सदस्यहरुमा भागिराम बुढाथोकी, हरि बहादुर सिंह र निर्मल खवास रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली मजदुर एकता समाज केन्द्रीय समिति अध्यक्ष तेजबहादुर कार्कीले विश्वभर छरिएका मजदुरका समस्या समाधानका लागि आवश्यक परे सबैसँग सहकार्य गरेर कटिबद्ध भइ लागि पर्न अनुरोध गरे । विशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका डि.सि.एम. मोति श्रीसले पछिल्लो समयमा मलेसियामा अत्यधिक कोरोना महामारी बढिरहेको र हालसम्म १०० जना बढी नेपालीले ज्यान गुमाएको दुखत खबर सुनाउँदै यसबाट बच्ने उचित उपाय भ्याक्सिन नै भएको हुँदा सबैलाई खोप लिन र सरकाले जारी गरेको एसओपी अनिवार्य पालना गर्न अनुरोध गरे ।
यस्तै उनले श्रमिकको समस्या समाधानमा दुताबासका तर्फबाट हुने सहयोग सदैब हुने र सहकार्य गरेर अगाडि बढ्ने समेत बताए । नेपाली मजदुर एकता समाज मलेसिया समितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष अर्जुन सिंह अनुरागीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्दै एनआरएनए जोहोर मलेसिया अध्यक्ष हरि बहादुर बस्नेत, श्रमिक अगुवा रमेश मल्ल सन्दिप खड्का, गैर आवसीय नेपाली संघ मलेसियाका महासचिव रन्जित कुमार क्षेत्री, सुदुर पश्चिमेली नेपाली समाज, मलेसियाका अध्यक्ष तुलाराम धामी, सुदुर पश्चिमेली नेपाली समाज जोहोरका अध्यक्ष तिलक चन्द ठकुरी, नेपाली मजदुर एकता समाज केन्द्रीय समिति सदस्य तथा भारत समिति अध्यक्ष भरत पौडेल नेपाली मजदुर एकता समाज कोरिया संयोजक निकेश आले,ब्राजिल संयोजक तथा संचार विभाग प्रमुख लेखा राना प्रिया, पत्रकार तिलोचन गौतम, भिम लुहार नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बहादुर बुढा लगायतका वक्ताहरु श्रमिकको समस्या समाधानमा सदैव अगाडि बढ्न र जुनसुकै बेला आफुहरु समेत सहकार्य गर्न तयार रहेको जानकारी दिए ।
यसैबीच अध्यक्ष पदमा चयन भएका अर्जुन सिंह अनुरागीले सबैको साथ सहयोग रहन गएमा मलेसियाका सम्पूर्ण संघ संस्थासँग सहकार्य गरेर मलेसियामा दुःखमा परेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई आपतकालीन अवस्थामा रहनको लागि आपतकालीन आवासको ब्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
साथै उनले समस्यामा रहेका श्रमिकहरु सहज रुपमा नेपाली दूतावास जान सक्ने वातावरण सिर्जना गर्ने र मलेसियाका विभिन्न क्षेत्रमा सम्भावना भए पाक्षिक रुपमा नभए मासिक रुपमा भएपनि सचेतनामुलक कार्यक्रम संचालन गर्ने बताए ।
नयाँ कार्यसमिति चयन भएपछि नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै निवर्तमान अध्यक्ष राम प्रसाद सुबेदी संगमले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ समितिले पनि विश्वभर छरिएका मजदुरका समस्या समाधानका निम्ति आवश्यक परे सबैसँग सहकार्य गरेर अगाडि बढ्न अनुरोध गरे । साथै उनले आफु जुनसुकै परिस्थितिमा भएपनि नैतिक भौतिक आर्थिक हिसाबले नेपाली श्रमिकको पक्षमा गर्न सक्ने सहयोग सदैव गर्न तयार रहेको बताए ।
मजदुरका लागि मजदुर भन्ने मुल नारा, उद्देश्य र गैरसरकारी, गैरराजनीतिक तथा गैरमुनाफामुखी रहने प्रतिबद्धतासहित नेपाली मजदुर एकता समाज दुई वर्ष अगाडी स्थापना भएको संस्थाको मलेसिया समितिको पहिलो अधिबेशनको सञ्चालन नेपाली मजदुर एकता समाजका केन्द्रीय समितिका महासचिव समर्पण भट्टराईले गरेका थिए ।
Facebook Comment