अफगानस्तानमा रहेका नेपालीकाे विवरण संकलन जारी, हालसम्म १ सय ३४ जनाले विवरण टिपाए
काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीहरुले आफ्नो विवरण टिपाएका छन्। सोमबार बेलुकीसम्म एक सय ३४ जना नेपालीले विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विवरण टिपाएकाहरुलाई चाडैँ नेपाल फर्काउने तयारी भइरहेको छ।
परराष्ट्र मन्त्रालयको काउन्सलर विभागले वेबसाइट, भाइबर र ह्वाट्सएपमार्फत विवरण संकलनको काम थालेको थियो। कामको शिलशिलामा अफगानस्तानमा रहेका नेपालीका परिवार र सदस्यलाई विवरण टिपाउन अनुरोध गरिएको थियो।
रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था एकिन गरि आवश्यक समन्वयका साथ उद्धारका काम गर्न मन्त्रालयले गठन गरेको कार्यदलले यसअघि विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया
Facebook Comment