प्रदेश नम्बर २ का प्रदेश प्रमुख मिश्रले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ का प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । नेपालको संविधानको धारा १६७ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा मिश्रलाई राष्ट्रपतिले मंगलबार नै नियुक्त गरेकी थिइन्।
प्रतिक्रिया
Facebook Comment