श्रीलङ्का टापुमा सप्तकोसी नदीले कटान गरेको विषयमा अध्ययन गर्न समिति गठन

डिसी नेपाल
४ भदौ २०७८ २३:१२

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले केही दिन अगाडि सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित श्रीलङ्का टापुमा गरेको कटानको विषयमा यथार्थ बुझ्नका लागि समिति गठन गरेको छ ।

सुनसरी मोरङ सिँचाइ आयोजना प्रमुखको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । समितिमा जलस्रोत डिभिजन कार्यालय इनरुवा, भूआर्जन कार्यालयका पदाधिकारी सदस्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

समितिले सम्बन्धित नगरपालिकासँगको समन्वयमा स्थलगत अध्ययन गरेर छिटोभन्दा छिटो प्रतिवेदन तयार गरी जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुझाउने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । केही दिन अगाडि मात्र सप्तकोसी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ को श्रीलङ्का टापुमा तीव्र कटान गरेको थियो ।

नगरपालिकाको समन्वयमा समितिले अध्ययन गरी क्षतिपूर्ति र नियन्त्रणका लागि प्रक्रिया अघि बढाउने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। भारतले पश्चिमतर्फ तटबन्ध निर्माण नगर्दा यस क्षेत्रमा बाढीले बर्सेनि हजारौँ बिघा जमिन कटान गरेको स्थानीयवासीले बताएका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *