व्यंग्य : प्रिन्सिपलले त तरुनी भगाए, मेरा दुख भने उस्तै

डिसी नेपाल
५ भदौ २०७८ १०:०७

……(अघिल्लो हप्तादेखिको क्रमश) त्यो देखेर भोलिपल्ट बेन्चमाथि उभ्याउथे। धुलो खेल्छ्स? भागेर पौडी खेल्छस्? बाटो मुत्छस्? खोला खोला हग्छस्? भन्दै सोड्क्याउँथे। कन्सिरी तान्थे। दिनभरी घुँडा टेकाएर राख्थे। कुखुरो बनाउँथे।

तर यसरी आफ्नै दूध खाएर हुर्किएको सानो बालकमाथि अत्याचार गरेपछि, हाम्री काली भैँसीले त्यो अत्याचारी साम्राज्यको पिन्सिपल हुम भन्ने सेनापतिलाई श्राप दिई।

अनि त्यही श्रापका कारण, दुई बर्षअगाडि खाएको हाम्री काली भैंसीको दुध र घ्यू पिन्सिपल सरलाई दुई बर्ष पछाडि अचानक लाग्यो र लाग्यो मजाले। हाम्री भैंसीमाताको दूध र घ्यूको प्रतापले पिन्सिपल सरको जवानी भित्रैबाट दूध उम्लिए जसरी उम्लियो।

उम्लिएपछि पोखियो। कहाँ पोखियो भन्दा, अंग्रेजी ट्युसन पढ्न आउने अचार्ज गुरुकी कलिली छोरीमाथि पोखियो। अर्थात–जनजाति दार्जिलिङवाला माड्सापले उपाद्दे बाहुनकी, त्यो पनि पूरा गाँउले पुरेत भनेर पुजेका अचार्ज बाजेकी एसएलसी दिन आँटेकी १६ बर्षे तरुनी छोरी लिएर टाप कसे।

अचार्ज बुढा झन्डै गए तर मलाई भने माल परो। किनभने त्यो बोर्डिङ भनिने तानाशाही साम्राज्य सोभियत युनियन गर्ल्याम गुर्मुल ढले जस्तै ढल्यो। अर्थात् स्कुल बन्द भयो। म कैदमुक्त भए। दोस्रो बिश्व युद्धमा नाजी जर्मनी हारेर यहुदीहरु स्वतन्त्र भएजस्तै म पनि स्वतन्त्र भए।

मेरो बालापनका नैसर्गिक अधिकारहरु पुनःस्थापित भए। म बाटामा सु गर्न डराइरहन नपर्ने भो। मैले खोलाका डिलमा आची गर्दा तर्सनु नपर्ने भो। धुलोमाटो जति खेले पनि हुने भो। अनि सबभन्दा ठूलो म रटाइ, घोटाइ र टाईबाट मुक्त भए। अनि म फेरि, त्यो बाख्राको कान जस्तो टाई फ्याकेर ,कट्टु तान्दै नजिकैको श्री सरस्वती प्राथमिक विद्यालयमा भर्ना भए।

तर त्यसको केही महिना नहुँदै, भाईस पिन्सिपल हुम, सर हुम , मिस हुम भन्नेहरू मिलेर त्यही बोर्डिङ फेरि खडा गरेछन्।
“ काँल्दाजु! फेरि बोर्डिङ चालू भयो। अब केटो पठाइदिनु। बोर्डिङ भनेको बोर्डिङ हो।“

तर कक्षाहरु उक्लिदै जाँदा अंग्रेजी फेरि मेरो जिन्दगीमा आयो। ठ्याक्कै त्यसरी नै आयो जसरी प्रचण्ड कम्रेड, केपी कम्रेडको जिन्दगीमा आए। अर्थात एमालेको जिन्दगीमा माओवादी प्रवेश गरेर जबर्जस्ती नेकपा बनेर यात्रा गरेजस्तै भयो हाम्रो सहयात्रा। आवश्यकताको सिद्धान्तले सँगै त भइयो तर उही नेकपाका दुई अध्यक्षले जस्तो बोक्रे बोक्रे भइयो र आ–आफ्ना बाटा लागियो। एकाअर्कालाई कहिलै रुचाइन। नपत्याइएन। स्वीकार गरिएन।

भन्दै एकदिन बिहानै ती हाम्रा आगनमा आएका थिए। हाम्रा बालाई पुरेतकी छोरी अंग्रेजी बिद्दे पढेको मान्छेले उडाएकोमा , अंग्रेजी र मान्छे दुबैसँग मार्नु जस्तो रिस उठेको रैछ। बुढा बरन्डाबाटै नमज्जाले तातिए।

“भुत्राको बोर्डिङ र सोर्डिङ! तेरा बाँसका खुट्टि उखालेर उतै तेरो भुटाङ्तिर लैजा, नत्र आगो लगाईदिन्छु। लाज छैन, शर्म छैन, धर्म छैन। साला! खुट्टा धोएर पानी खानुपर्ने पुरेतकी छोरी, त्यो शिव शर्मा जस्तो अंग्रेजी बिद्दे पढेको पिन्सिपलले उडायो। झ्याक्ने! अझ तँ मेरा छोरालाई अंग्रेजी पढाउछु भन्दै मेरा आङ्नामा आउछस्। तेरा सुकेका नली खुट्टा त्यो भैंसीको किलो उखेलेर ठनक्कै भांच्दिम कि याँबाट गैहाल्छस् ए डाका! “

त्यसपछि ती भागे। ती सँगै मेरा संम्भावित संकटहरु पनि सबै भागे। अब बोर्डिङ भन्ने कुरो मेरो जिन्दगीमा नफर्किने गरी बाटो लाग्यो। मेरा बाले मलाई मुक्ति दिनुभयो। बोर्डिङसँग मेरो सम्बन्ध बिच्छेद भयो। भावनात्मक सम्बन्ध थिएन। रुचिको सम्बन्ध थिएन। बिच्छेद हुनुले कुनै फरक पार्दैन्थ्यो, परेन पनि।

तर कक्षाहरु उक्लिदै जाँदा अंग्रेजी फेरि मेरो जिन्दगीमा आयो। ठ्याक्कै त्यसरी नै आयो जसरी प्रचण्ड कम्रेड, केपी कम्रेडको जिन्दगीमा आए। अर्थात एमालेको जिन्दगीमा माओवादी प्रवेश गरेर जबर्जस्ती नेकपा बनेर यात्रा गरेजस्तै भयो हाम्रो सहयात्रा। आवश्यकताको सिद्धान्तले सँगै त भइयो तर उही नेकपाका दुई अध्यक्षले जस्तो बोक्रे बोक्रे भइयो र आ–आफ्ना बाटा लागियो। एकाअर्कालाई कहिलै रुचाइन। नपत्याइएन। स्वीकार गरिएन।

अब अध्यक्ष दुईले जस्तो बीचै बाटोबाट म कुलेलाम ठोक्न सक्दिन थिएँ। अर्थात, बीचैमा पढाइ छोड्दा आइपर्ने बाउको लात्तिमुग्री सहन सक्ने खालको ज्यान मेरो थिएन। तर पढ्न नछोडेर जतिसुकै सँगसँगै हिडे पनि अंग्रेजी र मेरो सम्बन्धले गुणात्मक फड्को कहिलै मारेन। यसको ठाडो असर तपाईं मेरा लब्धाकं पत्रहरुमा मुद्रित प्राप्ताकंमा देख्न सक्नुहुन्छ।

अब अतिसय अंग्रेजी जान्नेहरुलाई यो लब्धाकं र प्राप्ताकं भनेको थाहा नहुन सक्छ । त्यो भनेको अग्रेजी विषयमा मार्कसिट्मा प्राप्त अंक भनेर जम्मा ३२ भनेर छापिएको छ भन्न खोज्या हो।

घोक्दा, ठोक्दा, ट्युसन पढ्दा, कोचिङ जाँदा कसै गरी मलाई अंग्रेजी आएन। आएन र आउँदै आएन। अब नआएपछि , हाम्रा बाले भनेजस्तो घोटेर पिलाउनु भएन, सुईमा भरेर घोच्नु भएन।

तर अंग्रेजी नआए पनि मेरा जुँगा आए र म लक्का जवान भएँ। म कविता लेख्न थाले। म गजल लेख्न थाले। एकपटक त मैले लेखेको “हावा चलिरहेछ, पात हल्लिरहेछ“ भन्ने गजल एउटा पत्रिका पनि छापिएको थियो। अनि म अनेरास्ववियुको प्रारम्भिक कमिटीको सचिव भएँ।

त्यसपछि मैले भ्यालेन्टाईन डेमा एउटी केटीलाई लब लेटर पनि लेँखे। उसले पनि आई लब यु टु भनेर चिठी पठाकी थिई। मलाई पछिसम्म त्यो आई लब यु टु भनेको दुई जनाले नै माया गरागर गर्ने होला भन्ने लाग्या थियो। होइन रैछ। म पनि माया गर्छु भनेको रैछ।

स्कुले रेडक्रसको अध्यक्ष भए। हुँदै जाँदा सरस्वती पूजा मुल आयोजक समितिको अध्यक्ष जस्तो गरिमामय पदमा पनि म आसिन भए। एकपटक त मलाई जनयुद्धमा लागे प्लाटुन कमान्डर पनि बनाउछु भनेका थिए, तर मर्छु होलाजस्तो लागेर गइन। त्यसपछि मैले भ्यालेन्टाईन डेमा एउटी केटीलाई लब लेटर पनि लेँखे।

उसले पनि आई लब यु टु भनेर चिठी पठाकी थिई। मलाई पछिसम्म त्यो आई लब यु टु भनेको दुई जनाले नै माया गरागर गर्ने होला भन्ने लाग्या थियो। होइन रैछ। म पनि माया गर्छु भनेको रैछ।

मैले भन्न खोजेको के मात्रै हो भने, यी सारा मान्छेहरुले मलाई पत्याए । गुरिल्लाहरु देखि छिमेकीकी छोरीसम्म सबैले पत्याए। तर अंग्रेजी नाथेले मलाई पत्याएन । कहिलै पत्याएन र आजसम्म पनि पत्याएको छैन। त्यसैले मैले प्रक्षेपण गरेको अंग्रेजी बारम्बार असफल हुन्छ । मेरो अग्रेजी दुखको कारण यही हो।

अब अंग्रेजीबाहेक अरु दुखहरु पनि छन्। नम्बरै ठोकेर भन्नुपर्दा अंग्रेजी एक नम्बर दुख हो भने, दुई नम्बर दुख हो–यो बिरानो भूमि। अवस्था कस्तो छ भने, पल्लो गाउँबाट वल्लो गाउँमा पाल्न भनेर ल्याएको कुखुरोको जस्तो छ। तपाईंले बिचार गर्नु भएको छ कि छैन खै, पल्लो गाउँबाट वल्लो गाउँमा ल्याउदा कुखुरो बडो छक्क पर्छ। ट्वाँ पर्छ।

आफूलाई असुरक्षित महसुस गर्छ। अनि एउटा खुट्टो उचालेर “म कहाँ आए नि नारान!“ भन्ने मुद्रामा वरिपरि नियाल्छ र साहारा खोज्दै ककक ककक गर्छ। अनि कतैबाट प्रतिउत्तर नपाएपछि साबधानीपुर्बक दुबै खुट्टा टेक्छ। यसो चारो खोस्रिन्छ। खानु त परो। फेरि अचानक आत्तिएका आँखाले संसार नियाल्छ र ककक गर्छ।

हुनत खुट्टा मैले दुईवटै टेकेको छु। तर मेरो मनोदशा जुन छ, त्यो कुखुराको भन्दा फरक छैन। मलाई पनि– नारान ! कहाँ आइपुगे नि, जस्तो भएको छ। मान्छे भएर ककक ककक् गर्ने कुरो त भएन तर मुखबाट कयौंपटक उच्छ्वास निस्किएको छ।

हुनत खुट्टा मैले दुईवटै टेकेको छु। तर मेरो मनोदशा जुन छ, त्यो कुखुराको भन्दा फरक छैन। मलाई पनि– नारान ! कहाँ आइपुगे नि, जस्तो भएको छ। मान्छे भएर ककक ककक् गर्ने कुरो त भएन तर मुखबाट कयौंपटक उच्छ्वास निस्किएको छ। हेर्नुस् ! अरब छोडेर ३ बर्ष नेपाल बस्दा म अलि अलि बिग्रेको रहेछु । गैर चारोवादी हुँदै गएको रहेछु।

आइमिन, मेरो पनि बानी कताकता हाम्रा पुर्बप्रधानमन्त्रीको जस्तो हुँदै गएको रहेछ। सायद धेरै समय उनकै कार्यकालमा बिताएर पनि होला। अथवा जिल्ला एउटै भएर पनि हुनसक्छ । त्यसैले यसो पुर्बप्रधानमन्त्रीकै जस्तो साथीभाइ भेला परेर गफ दिने, ठट्टा गर्ने, चुट्किला सुनाउने। नहुने नहुने कुरा गर्ने । खासै सिन्को नभाँच्ने बानीको बिकास भएको थियो मेरो।

बानीको बिकासमा ओलीजीको प्रभाव आफ्नो ठाँउमा होला तर मेरो पेशो पनि त्यसमा जिम्मेवार छ। बसपार्कको मुखैमा मेरो लज थियो। गाउँघरतिरबाट,अरब/मलेसिया तिरबाट, सन्ते भनेर चिन्ने, फेसबुके नातो लाग्ने, भाइसाथीको नातो लाग्ने सबै खालका र खालखालका मानिसहरु आउँथे। खान्थे।

बस्थे। म पनि साथीभाइ पाएपछि अरबको जनवाकरदेखि गाउँघरको कोदेवाकर सम्म टुच्च लाउदै झापाली गफ हान्थे। भाइसाथीहरु हो हो भन्दिन्थे। श्रोताले हो हो भन्दिएपछि मलाई पुग्थ्यो। म भातपानी बिर्सिन्थे। भातपानी मात्रै होइन म आफू बिरामी भएकोसम्म पनि भेउ पाउदिन थिएँ। तर अब मलाई त्यसरी बाँच्ने सुबिधा छैन । मैले यता घन्टा नहानी जिबिका चल्दैन।

यो ठाँउमा घन्टा घन्टाको महत्व छ हेर्नुस्। न वक्ताले सुनाउन भ्याउछ, न श्रोताले सुन्न भ्याउछ । सबलाई घन्ट जो बजाउनु छ। त्यसैले म आफ्नो वृत्त वरिपरि आफ्ना कुरा सुन्दिने, खाइदिने, हो हो भन्दिने मान्छे नपाएर कुखुरो न्यास्र्याए जस्तो न्यासृएको छु। बिहानै उठेर चियाको दोकानमा चियाको तातो गिलास हातमा लिएर यसो देश÷ बिदेशको बारेमा हल्का दिन नपाउदा मलाई “थुक्क जिन्दगी“ जस्तो लागेको छ।

अब यही अम्रिकाले यत्रो ५०० मिलियन डलर दिने भनेर भनेको छ । एकसे एक विद्वान, विश्लेषक, लेखक,संचेत नागरिक, सामाजिक कार्यकर्ता, राजनीतिक कार्यकर्ता, फेसबुके , टुईटरे सबलाई यसको केस्रा केस्रामा रहेको राम्रो/नराम्रो पक्ष रातारात थाहा भैसक्यो।

हेर्नुस् हामी नेपालीलाई कहाँसम्म थाहा भैसक्यो भने, पुर्वसभामुख कृष्णबहादुर महराकोको उत्तेजित लिङ्गको सिधा सम्बन्ध ५०० मिलियन डलरसंग रहेको धेरै अंरिगाल मित्रहरुले पत्ता लगाइसके। यस्तोमा यत्रो सार्बजनिक महत्वको बहसमा सहभागिता नजनाएर घन्टा मात्रै हानेर बस्दा मलाई एकदम नरमाइलो फिल हुन्छ। फिलिङ गुड जस्तो हुँदैन।

हेर्नुस् हामी नेपालीलाई कहाँसम्म थाहा भैसक्यो भने, पुर्वसभामुख कृष्णबहादुर महराकोको उत्तेजित लिङ्गको सिधा सम्बन्ध ५०० मिलियन डलरसंग रहेको धेरै अंरिगाल मित्रहरुले पत्ता लगाइसके। यस्तोमा यत्रो सार्बजनिक महत्वको बहसमा सहभागिता नजनाएर घन्टा मात्रै हानेर बस्दा मलाई एकदम नरमाइलो फिल हुन्छ। फिलिङ गुड जस्तो हुँदैन

दुईचार कुराहरु यो बिषयमा दिन पाए हुन्थ्यो जस्तो लाग्छ। रातारात प्राप्त भएको रणनैतिक ज्ञान बिहान चिया पसल र साँझ भट्टीमा बाड्न पाए हुन्थ्योजस्तो लाग्छ। तर पाउदिन। आफू यता आकाशतिर छु, आफ्नो देश पतालमुनि छ।

अनि यस्तो अवस्थाम म, देश र जनतालाई सारै मिस गर्छु। यो बिरानो ठाँउमा आफैलाई आफू त्यही कुखुरो भए जस्तो लाग्छ। एक्लो भएजस्तो लाग्छ। न्यास्रो लाग्छ। तर जति नै जेजे लागे पनि पखेटा भ्याट भ्याट पार्नु भएको छैन। कुखुरी काँ गर्नु भएको छैन।

हेर्नुस् मानिसका दुखहरु, उसको औकात र बेहोरा अनुसारका हुन्छन्। महान मान्छेहरूका दुखहरु जुन छन्, ती पनि महान नै हुन्छ्न्। जस्तो, रेल ल्याउन नसकेको दुख, पानीजहाज ल्याउन नसकेको दुख, समृद्धि आउन नसकेको दुख आदि। म जस्तो तुच्छ लघुपुरुषका दुख झिनामसिना हुन्छन्। अंग्रेजी नआउनुको दुख , गफ लाउन नपाउनुको दुख। बुढी भैंसीको मम झोलमा डुबाएर अघाउन्जेल खाएर ढ्याउ गर्न नपाउनुको दुख, बिहानै आलार्मका तालमा उठ्नुको दुख।

हेर्नुस ! दुख धेरै छन्। सन्साना नै सही दुख कहदै जानु हो भने, यो अगाडिको साँच्चैको पानी जहाजले भरिएको प्यासिफिक सागर झैं दुखको सागर निर्माण हुन जान्छ। त्यसैले त भगवान गौतम बुद्धले संसार दुख हो भन्नुभएको छ । तर कालीप्रसाद रिजालले लेखेको एउटा कालजयी गीत नारायणगोपालले पनि गाएका छन भन्ने कुरा हामीले बिर्सनु हुँदैन। गीतले भन्छ–

केही मिठो बात गर रात त्यसै ढल्किँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ।
रमाइलो कुरा गर सपनाको कुरा गर
संगसंगै बिताएको सम्झनको कुरा गर
दुख छोड, दुखÞलाई त जिन्दगानी छँदै छ।

त्यसैले दुखको यो आलेखलाई तन्काएर महाकाव्य बनाउन धेरै उचित ठान्दिन। त्यसैले अर्को भेटमा रमाइलो कुरा गर्छु । सपनाको कुरा गर्छ।
दुख नाथे कति कहनु,

दुखलाई त अम्रिका छँदैछ।
समाप्त।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *