हेलीकप्टर चढेर गृह जिल्ला पुगे मुख्यमन्त्री शाही

डिसी नेपाल
५ भदौ २०७८ १९:४६

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलीकप्टर चढेर गृह जिल्ला कालिकोट पुगेका छन् । उनले कालिकोटमा निजि क्षेत्रको लागानी भित्र्याउनको लागि भन्दै शुक्रबार निजि क्षेत्रका केहि लगानीकर्तालाइ लिएर कालिकोट पुगेका हुन् ।

गृह जिल्ला कालिकोटमा पर्यटकीय क्षेत्रमा विकास गर्न निजि क्षेत्रसँगको साझेदारीमा काम गर्न थालेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले कालिकोटको प्रमुख पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा अग्लो पचालझरनाको बेश क्याम्पमा निर्माण भएको होम स्टे, शान्नी त्रिबेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिमा अबस्थित सुथराली विमान स्थल , गौरवको आयोजनाको रुपमा हेरिएको कोटवाडा मान्म केवुलकारको सम्भाव्यताको अध्ययन, प्रसिद्ध धार्मिक स्थल त्रीवेनी पाटन लगायतको चर्चित पर्यटकीय स्थलहरुको अवलोकन समेत गरेका छन् ।

‘कर्णाली प्रदेश पर्यटकीय क्षेत्रमा धेरै सम्भावना भएको ठाउँ हो त्यसमाथि कालिकोटमा पनि थुप्रै पर्यटकीय स्थलहरु छन् ती पर्यटकीय आयोजनाहरुलाई स्थानीय तह र प्रदेश सरकारले चाहेर मात्रै ती पर्यटकीय क्षेत्रका आयोजनाहरुलाइ पुरा गर्न सक्ने अवस्था छैन त्यसको लागि निजि क्षेत्रको लागानी अनिवार्य छ, ‘मुख्यमन्त्री शाहीले भने,’ ‘ त्यसको लागि प्रदेश सरकारको तर्फबाट निरन्तर छलफल भैरहेको छ हामिले लगानीको आव्हान गरेका छौ निजि क्षेत्र लगानी गर्न तयार छन्,।’

अबको केहि समयमा नै कालिकोटका प्रमुख पर्यटकीय क्षेत्रहरुको विकासका लागि प्रदेश सरकारको अनुमतिमा निजि क्षेत्रहरुले लगानीको काम थाल्ने समेत मुख्यमन्त्री शाहीले जानकारी दिए ।

निजि क्षेत्रको लगानी भित्र्याउनको लागि कालिकोटका सम्बन्धित स्थानीय तहहरुले समेत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पहल गर्न अनुरोध गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *