राष्ट्रिय राजनीतिले कोल्टे फेर्दै

डिसी नेपाल
७ भदौ २०७८ ७:१३

काठमाडौं। नेपाली राजनीतिको स्पष्ट रेखा कोरिँदै गएको छ। त्यो हो नेपाली राजनीतिले फेरि एकपटक परिवर्तन खोजेको छ। १२ वर्षमा खोलो पनि फर्किनु भन्नु अनि रामको १४ वर्षे वनवास पूरा भयो भनी तर्क गर्नु नेपाली राजनीतिसँग कहीँ न कहीँ मिल्छ।

सम्भवतः यिनै आधारमा पनि नेपाली राजनीतिले फेरि कोल्टे फेर्दैछ भनेर भन्न सकिन्छ। यसको प्रमुख कारण हो दलहरु। दलहरु एकै कित्तामा उभिन सक्दैनन्। उनीहरु आफ्नै दलभित्र पनि टिक्न सक्दैनन्। स्वार्थजडित राजनीतिका कारण राजनीतिक दलहरु फुटिरहेका छन्। निश्चित स्वार्थका लागि दलहरु जोडिए पनि स्वार्थ पूरा भएपछि छुट्टिन्छन्।

त्यतिमात्र होइन आफ्नै दलभित्र पनि निहित स्वार्थ पालेर बसेका नेताहरुकै कारण धमाधम नेपाली राजनीतिमा विकृती मौलाएको छ। कुनै पनि दलको नीति नहुँदा नै नीति हटाएर जसले सक्यो उसैले राज गर्ने प्रवृत्ति बढ्दो छ। त्यही प्रवृत्तिका कारण दलहरु धमाधम जुट्ने र फुट्ने भइरहेका छन्।

अहिलेको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस २००३ सालमा स्थापना भए पनि पटक पटक फुट्दै जुट्दै विभिन्न दलमा विभाजित छ। काग्रेस मियोका रुपमा कायम भए पनि अहिले कांग्रेस वीपी गरी नयाँ पार्टी पनि स्थायित्वमा छ। दोस्रो पुरानो पार्टी नेपाल कम्युनिष्ट पार्टी २००६ साल वैशाख १० गते स्थापना भए यता ६ दर्जन पार्टी बनिसकेका छन्।

भारतका कोलकातास्थित श्याम बजारमा एक बङ्गालीको घरमा जन्मिएको नेपाल कम्युनिष्ट पार्टीलाई पुष्पलाल श्रेष्ठ, नरबहादुर, निरन्जन, नारायण विलास र मोतीदेवी गरी पाँच जनाले स्थापना गरेका थिए। त्यही पार्टी पनि आज ७२ वर्षमा आउँदा करिब ७२ वटा पार्टी बनेको देखिन्छ। पार्टी फुट्नुको प्रमुख कारण भनेक सिद्धान्त होइन नेतृत्वको व्यक्तिवादी अहंकार र कुर्सी नपाउनुको पीडा नै प्रमुख देखिन्छ।

राणाशासन, राजतन्त्र र पञ्चायती शासनविरुद्ध लड्दै आएको कम्युनिष्टको इतिहास रच्न धेरै नेपालीको योगदान रहेको छ। आज शहरमा देखिने कम्युनिष्टको खोल आढेका सुकिलामुकिला बनाउन धेरैले बलिदान दिए।

कति मारिए, ज्युँदै जलाइए भने कति बेपत्ता छन्। देशको परिवर्तनका लागि प्राण हत्केलामा राखी हाँसी हाँसी मर्न तयार भए र कति मर पनि। तर तिनै शहीदको रगतमा होली खेली आजका नेताले एक अर्कालाई लालगद्दारको आरोप लगाई तमासा देखाइरहेका छन्। संविधानमै समाजवाद उन्मुख राज्यनिर्माण गर्ने सपना बोकी जनतालाई वर्षौंसम्म भ्रमको खेतीबाहेक केही पनि गरेको पाइँदैन। जनभावना साप्ताहिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *