कविता : एक अर्ध पागल
रोएर बॉच्नु भन्दा
हॉसेरै मर्नु बेस
जिबनको रहस्य
हो..!
जहिले
जाल झेल
जितने र हार्ने
बिच कहिले
हुन्न मेल
कोइ खुशी देख्छु
कोइ रोएको रोएै
संसारको
भिडमा
जुध्न सक्नेको जित
सोझो मान्छे
सधै हुन्छ
फेल
आजकाल
न मानिस बॉचेको छ
न मानिस मरेको
भन्छन्
अर्ध पागल मानिसहरू
नै यहॉ हुन्छन्
बेस
खै कहॉ छै
हामी
न बॉचेका
छै
न मरेको
संसार त केबल
अर्ध पागलको
देश
एक अर्ध पागल
प्रतिक्रिया
Facebook Comment