थप २२ सय बढीमा कोरोना पुष्टि, १८ सय निको

काठमाडौं । सोमबार नेपालमा २ हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ८९२ पीसीआर र ४ हजार ३४१ एन्टीजेन परीक्षणमा क्रमशः १ हजार ९०२ र ३९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४४ हजार ४८८ पुगेको छ । जसमध्ये ७ लाख १४ हजार ५२० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ४२ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार ७३० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया
Facebook Comment