अर्थको जिम्मेवारी खोसिएपछि असन्तुष्ट मन्त्री यादवले गरेनन् पदभार ग्रहण

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरे । मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहलाई अर्थ र अर्थ मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिए ।
अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले १४ भदौमा पदभार ग्रहण गरिसकेका छन् । तर, अर्थ मन्त्रीबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री यादवले भने अझै पदभार ग्रहरण गरेका छैनन् ।
अर्थ मन्त्रालयको जिम्मेवारी खोसिएपछि मन्त्री यादव असन्तुष्ट भएका छन् । मुख्यमन्त्री राउत र मन्त्री यादवबीच प्रदेश सरकार गठनदेखि नै तिक्तता देखिन्छ । मन्त्री यादवले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा नलिई राजीनामा दिने हल्ला राजनीतिक वृत्तमा फैलाइएको थियो । तर, मन्त्री यादवले आफूले राजीनामा नदिने सार्वजनिक रुपमा बताइसकेका छन् ।
Facebook Comment