४५ हजार बराबरको अखाद्य मासु जफत

डिसी नेपाल
२० भदौ २०७८ २१:२८

जुम्ला । जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंको नेतृत्वको टोलीले अव्यवस्थित रूपमा संचालन भएका मासु पसल अनुगमन गरेको छ ।

अनुगमनका क्रममा ४५ हजार रुपैयाँ बराबरको अखाद्य मासु जफत गरिएको चौलागाईंले बताए ।पहिलो पटक कारबाही नगरी व्यवसायीलाई सुझाव दिइएको चौलागाईंले जानकारी दिए । ‘हामीले यसअघिको अनुगमनमा खुला नालामाथि माछा(मासु बिक्री नगर्न भनेका थियौँ । व्यापारीले नै अटेर गरेपछि जफत गर्न बाध्य भएका छौँु, उनले भने, ुसडेको गलेको मासु खुला रूपमा बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा हानि पुर्‍याउने हुँदा उपभोक्ताको हकहितका लागि हामीले अनुगमन गरेका हौँ ।ु

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग जुम्ला, उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय, नागरिक समाज, उद्योग बाणिज्य संघलगायतको संयुक्त बजार अनुगमन टोलीले आइतबार बजारका छवटा मासु पसललगायत १८ वटा पसलमा अनुगमन गरेको छ।

अनुगमनका क्रममा तीनवटा मासु पसलमा सडेर किरा परेको मासु बिक्री वितरण गरेको पाइएको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग जुम्लाका प्रमुख अमृत सुमन भुसनले बताए । उनका अनुसार ६९ हजार ७४० रुपैयाँको सामान नष्ट गरिएको छ । त्यसमध्ये ४५ हजार रुपैयाँको सडेको मासु जफत गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *