सत्तारुढ गठबन्धन धरापमा
![सत्तारुढ गठबन्धन धरापमा](https://www.dcnepal.com/wp-content/uploads/2021/08/deuba-prachanda-upendra-1.jpg)
काठमाडौं। अमेरिकी सहयोग नेपाललाई कत्तिको आवश्यकता छ? अवश्य पनि अहिलेको अहम् प्रश्न यही नै हो। एकथरि भन्छन्, ‘नेपालले कोसँग पो सहयोग लिएको छैन र अमेरिकाको सहयोग छाड्नु प-यो।’
अर्काथरि भन्छन्, ‘अमेरिकाको सहयोग अमेरिकी सेना नेपालमा उतारेर नेपाललाई कब्जा गर्नु हो ।’ यिनै दुईथरी फितला तर्कले गर्दा लामो समयदेखि अमेरिकी सहयोग अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) त्यत्तिकै अलपत्र छ।
एक ढिक्का भएर कसैले पनि केही भन्न सक्दैनन् । कुनै दलले पनि निर्णय गर्न सक्दैनन्। निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसीलाई अगाडि बढाउनै सकेन।
ओली अगाडि बढाउन चाहने तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएका बेलामा पुष्पकमल दाहाल प्रचण्ड नचाहने। अनि एमालेमात्र भएपछि भीम रावलहरु अगाडि बढाउन नचाहने। प्रतिपक्षमा भएका बेलामा पनि नेपाली कांग्रेस भने एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा थियो। अहिले कांग्रेस सरकारमा छ।
सोही कारणले कांग्रेस एमसीसी पारित गर्न चाहन्छ । संघीय संसदबाट पारित गर्नुपर्ने भएकाले यो सहयोग अड्किएको छ । सहयोग आउनु अगाडि नै लामो समयदेखि यसको प्रचारप्रसार र विज्ञापन भइरहेको छ । एमसीसी प्रतिनिधि यसैसाता नेपाल आउने भएसँगै सरकार एमसीसी पारित गर्न तात्नु स्वभाविकै हो । तर एमसीसी पास हुन्छ कि हुन्न भन्ने प्रश्न अहम् रहेको छ ।
सत्ता गठबन्धनमा रहेका प्रचण्ड, माधनेपालले यसपालि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ नदिने विश्वास गरिएको छ। यसकै लागि देउवाले प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गए पछिल्लाे समय तीव्र रुपले छलफल गरेका छन् । त्यतिमात्र होइन देउवाले सभामुख अग्निप्रसाद सापकोटासँग संसद अधिवेशन बोलाउन परामर्श गरेका छन्। ओलीसँगसमेत भेट गरेर मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुरा गरिसकका छन्। जनभावना साप्ताहिकबाट
Facebook Comment