अबिरल वर्षापछि काठमाडौंका विभिन्न भाग डुबानमा (फोटोफिचर)
काठमाडौं। गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा करिब चार सय घर डुवानमा परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार बालाजुको नेपालटार, कालीमाटी, कुलेश्वर, बल्खु, कोटेश्वरको नरेफाँट, हाउजिङ क्षेत्र, मुलपानी, काडाघारी, जोरपाटी, बौद्ध लगायतका दर्जनौं स्थानहरु डुबानमा परेका हुन्।
क्षतिको सबै विवरण आउन बाँकी छ खोला किनारमा रहेका नागरिकलाई भने उद्धार गरिएको छ प्रहरी रातिदेखि नै परिचालित भएको छ’, महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी अशोक सिंहले बताए।
उनका अनुसार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौका धेरै क्षेत्रहरु ढल निकासविहीन बनेको र त्यहाँबाट पानी बाहिर जाने ठाउँ नभएपछि डुबानमा परेका हुन्। मनहरा खोलामा आएको बाढीले काडाघारी र मुलपानीलाई प्रभावित पारेको छ।
काठमाडौभरीबाट अहिलेसम्म २ सय भन्दा बढी मानिसहरुको उद्धार भैसकेको छ। मनहरा खोला आसपासमा रहेका नागरिकको भने अझै सम्म पनि उद्धार भैरहेको प्रहरीले जनाएको छ। उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी रातीबाटै खटिएका छन्।
बाग्मती, विष्णुमती, धोविखोलाका अधिकांश भाग डुवानमा परेका छन्। शंखमूल पार्क पूरै डुवानमा परेको छ भने थापथली क्षेत्रमा बाग्मती आएको पानीको बहावले प्रसुतिगृह नजिक पुगेको प्रहरीले जनाएको छ।
Facebook Comment