डरै डरको दर

डिसी नेपाल
२२ भदौ २०७८ ९:४९

घुमीफिरी आयो फेरि महिलाहरुले दुःखसुख पोख्ने चाड तीज

तीजको रमझम बढेसँगै श्रद्धाको मनमा खल्लोपना पनि बढ्दैछ। सबैका घरमा तीजको रौनकता छाएको छ। रातो सारी, कुर्था, लेहेङ्गा, गरगहनामा सजिएका नारीहरु हतारमा देखिन्छन् कतै ठूलै कार्यक्रममा जान लागे सरि दर खान हतारले माइती, मावली हिड्दै छन्।

रातो, पहेँलो, हरियो पहिरनमा सजिएका नारीहरुले भरिएका छन् बाटाघाटा, पसल, कवल र पार्टी प्यालेस अनि सवारी साधनहरु। जताततै तीजको गीत घन्केको छ। गाउँ शहर सबै तीजमय नै बनेको छ, डर भर कसैको छैन, सबै खुशी देखिन्छन्।

श्रद्धालाई पनि माइती मावली सबैतिरबाट दर खाने निम्ता नआएको कहाँ हो र ? तर कतै जानै मन नै छैन उनलाई। जति-जति दर खाने दिन नजिक आउदैछ उत्तिनै उनको मन भत्भती पोल्द‌ै छ।

घरबाहिर जतिसुकै बर्षेझरी परेर शान्त देखिए पनि उनको मनभित्र चैत्र-बैशाख महिनाको जस्तै हावाहुरी मडारिरहेको छ। हरपल डाँडाँ माथिका जून भै सकेका बाबा-आमाको अनुहार झलझली आँखाअघि नाच्दैछ।

पोहर साल बिहे पछिको पहिलो तीज, दर राम्रो भएन भनेर सासू ठुस्केकी थिइन्। जेठानी, आमाजु र नन्दले खिस्याउँदै थिए। तिलहरी सानो भयो रे सासुलाई, नन्द-आमाजुलाई गहना भएन रे, दिएको सारी पनि क्वालिटीको थिएन।

आमा पनि फोनमा पिरिँदै हुनुहुन्थ्यो। ‘आइज न छोरी, आएर मेरो मुन्द्री बेचेर सामान किनेर दर लिएर जा, जसरी भए नि रीत त मान्नै पर्यो, म बजार जान सक्दिन, सुगर-प्रेसर बढेको छ’ भन्दै हुनुहुन्थ्यो ।

बरु नदिनु नि, दिए पछि कम्तिमा इज्जत त राख्ने दिनु पर्छ भनेर सुनाउदै थिइन् रे अमाजुले काइलाबाकी छोरीसँग। गुनासाहरु सुन्दा सुन्दा उनी वाक्क दिक्क भइसकेकी थिइन्। गुनासाहरु पनि कस्को सुन्ने?

पोहोरसाल तीजको दरमा जेठानीले ल्याएका सामान र खानेकुराहरुको चर्चा तिहारसम्म पनि भएको थियो। श्रद्धाको दाजुभाउजू बिदेश बस्ने भएकाले दर त झन राम्रो हुनुपर्छ भन्दै थिइन नन्दज्यू।

यसपालि त सासू आफैले मुख फोरेरै भनिसकेकी छन् ‘ल है माइली यसपालि त पोहरको जस्तो इज्जत नफाल्न भन तिम्रा दाजुभाउजुलाइ बिदेशमा बस्छन् यसो २-४ सय डलर पनि खर्च गर्न सक्दैनन्’ । के थाहा मेरी सासू आमालाई मेरो माइतीघरको पीडा ।

मेरा दाजु भाउजुले आमा बुबालाई सम्झेर यसो एक कल फोन त गर्दैनन् । उनीहरु आफ्नै दुनियाँमा मस्त छन्, उतातिर कमाएको उतै खर्च गर्न उनीहरुलाई ठिक्क छ।

बिचरा मेरा बुबा आमा, औषधिमुलो गर्न त पेन्सन कहिले आउला भनेर कुर्नुपर्छ। बुबाले सरकारी जागिरबाट निस्कदा आएको पेन्सन र ऋण लिएर घर बनाएका थिए। त्यसै घरको भाडाले जेनतेन जिन्दगी चलिरहेको थियो। त्यही घरभाडा पनि कहिले आउला भनेर कुरेर बस्नु पर्छ।

यस्तो अबस्थामा कसरी मैले माइतीबाट गरगहनासहितको दर ल्याउने, कसरी ? न आफ्नो कमाइ छ सुटुक्क किनेर माइतीले दिएको भनेर भन्नलाई ? के गर्नु बिए पास गरेर पनि घरमै थन्केर बस्नु परेको छ ।

आमा पनि फोनमा पिरिदै हुनुहुन्थ्यो। ‘आइज न छोरी, आएर मेरो मुन्द्री बेचेर सामान किनेर दर लिएर जा, जसरी भए नि रीत त मान्नै पर्यो, म बजार जान सक्दिन, सुगर-प्रेसर बढेको छ’ भन्दै हुनुहुन्थ्यो ।

यसपालि त कान्छो देवरको पनि बिहे भएको, कान्छी देवरानीको चुरीफुरी हेरिनसक्नु छ । नन्द आमाजु सासू जेठानीहरु सबैसँग कस्तो सारी लेहेङ्गा भनेर लिस्ट मागेर दिनदिनै सपिङ्ग धाउदैछिन्।

टिकटक र फेसबुकको भिडियो हेर्दै यसरी मनाउने तीज भनेर रमाउदै छिन्। उनलाई कहिले काही त आफू मात्र एक्लो हो कि जस्तो हो लाग्छ , खुलेर चाडपर्व मनाउनै नपाउने!

यसपालि त सासू आफैले मुख फोरेरै भनिसकेकी छन् ‘ल है माइली यसपालि त पोहरको जस्तो इज्जत नफाल्न भन तिम्रा दाजुभाउजुलाइ बिदेशमा बस्छन् यसो २-४ सय डलर पनि खर्च गर्न सक्दैनन्’ । के थाहा मेरी सासू आमालाई मेरो माइतीघरको पीडा।

के गर्नु मन जति कुडिए पनि बाहिर हास्नै पर्ने, घरपरिवारको खुशीमा आफू पनि रमाउनै पर्ने। मनमा पिर भएर पनि अन्ध्यारो मुख लगाउन नमिल्ने । खै किन कस्ले बनायो होला है यस्तो चलन भन्दै टोलाइरहछिन् श्रद्धा घरीघरी ।

दिएर र खुवाएर आफ्नो कहिल्यै हुदैन भन्थे ठूलाबडा, तर आजकल त दिएर र खुवाएर आफ्नो बनाउन पर्ने चलन आएको छ । रातदिन खटिएर घर सम्माल्नु पर्ने र पनि घरको दोस्रो दर्जाको नागरिक सरह बाच्नु पर्ने, कस्तो जिन्दगी?

बिरामी पर्दा, सुत्केरी हुदा माइती गएर तङ्ग्रिनु पर्ने, अनि हरेक चाडपर्वमा भने घरमा रौनकता बुहारीकै माइतीले ल्याइदिनु पर्ने ? कहिले दाइजोको नाममा, कहिले चाडपर्वको रुपमा। सुत्केरी फर्कदा होस या तीजको दरमा होस, सधै परिवारको पोल्टा नभरी सासु-अमाजुको प्यारो हुन नपाइने कस्तो विवशता। आखिर कहिलेसम्म होला हामी नारीले दरको रुपमा डराइरहनु पर्ने?

दर भनेको त चेलिबेटीलाई माइतीघरमा बोलाएर मिठो मसिनो पकाएर खुवाउने हो भन्नुहुन्थ्यो श्रद्धाकी आमा, हजुरआमा । तर अहिले त के चलन आयो दरको नाममा सानो तिनो भोज भतेरै गर्नु पर्ने।

माइतीबाट सासू आमाजु नन्द देवरानी जेठानीलाई उपहार दिएर मात्रै कहाँ भयो र घरमा पनि सबै चेलीबेटीहरुलाई बोलाएर दर खुवाएर उपहारसमेत दिएर पठाउनु पर्ने । घरको एक जनाले मात्रै दिएर नहुने मान्छे पिच्छे सबैले उपहार दिनु पर्ने । न आफूलाइ दिइएका चुरा पोते लगाइन्छ न आफूले दिइएका उनीहरुले नै लगाउछन्, बेकारमा त्यसै थन्किन्छ बट्टामा, के गर्नु चलन रे।

आमा पनि फोनमा पिरिँदै हुनुहुन्थ्यो। ‘आइज न छोरी, आएर मेरो मुन्द्री बेचेर सामान किनेर दर लिएर जा, जसरी भए नि रीत त मान्नै पर्यो, म बजार जान सक्दिन, सुगर-प्रेसर बढेको छ’ भन्दै हुनुहुन्थ्यो।

फेसबुक हेर्दै आफै दंग पर्छे, फेसबुकका भित्ताभरि परीजस्तै सजिएर रमाउदै गरेका दिदीबहिनीहरु। हरेक दिन नयाँ नयाँ फेसनमा देखिन्छन् । कसरी सकेका होला यसरी खर्च गर्न ? फेरि अर्को बर्ष यही कपडा गहना लगाउछन् होला कि लगाउदैनन् होला।

पल्लो घरकी जेठानी दिदी एक हप्ता भयो रे जेठाजू दाइसँग नबोलेको। बर्ष दिनमा आउने चाड तीजमा पनि भनेको जस्तो २/४ जोर सारी, लेहंगा किनिदिन नसक्ने भनेर गुनासो गर्दै थिइन श्रद्धासँग। केही बोलिनन् श्रध्दा हाँसी मात्रै रहिन्।

कोरोनाले गर्दा बिचरा जेठाजू दाइको व्यवसाय ठप्पै जस्तो छ। अस्ति श्रद्धाका श्रीमानसँग बिरह पोख्दै थिए ‘बिदेश पढ्न जाने कोही भएनन् अब त कन्सलटेन्सीको व्यवसाय छोड्नु पर्यो, भाडा तिर्नै धौ धौ भयो’ भनेको सुनेकी थिइन्। यस्तो अबस्थामा कसरी किनिदिउन् त जेठानी दिदीलाई लेहंगा सारी?

के गर्नु हरेक बर्ष झनझन भड्किलो बन्दै गइरहेको छ चाडपर्व। सबै चाडपर्व बर्षै दिनमै आउने हो नि दशै तिहार, छठ, तीज सब‌ै बर्ष दिनमा एकपटक नै आउँछ । त्यसो भन्दैमा चाडपर्वको मर्म र मौलिकता नै नष्ट हुने गरी मनाउन थाल्यौ भने हुने खानेले त सक्लान्, गर्लान् तर समाजमा रहेका श्रद्धाजस्तै आमनारीहरुले हरेक चाडपर्व आउदा मुटु कमाउनु पर्छ।

हातमा सासुले थमाइदिएको दर मनाउने सामानहरुको लामो लिस्ट हेर्दै लामो सुस्केरा हालिन्। पढ्न पनि लामै समय लाग्ने, हरियो तरकारी, मासु, पनिर, मिठाई, वाइन ….




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *