‘सभामुख सापकोटाले पदको दुरुपयोग गरे’

काठमाडौं । रुपन्देहीमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेका उपमहासचिव विष्णु पौडेलले सभामुख अग्निप्रसाद सापकोटालाई पदीय मर्यादामा बस्न चेतावनी दिएका छन् ।
आफ्नो दलले कारबाहीका गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दुरुपयोग गरेको उनको आरोप छ । उनले आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले राजनीतिक दलको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।
उपमहासचिव पौडेलले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा एक सिट पनि ल्याउन नसक्ने दाबी गरे । उनले औपचारिक ढंगले संसद्मा पेस भएपछि एमसीसीबारे आफ्नो पार्टीले धारणा तय गर्ने पनि बताए ।
प्रतिक्रिया
Facebook Comment