खुल्यो पाटन दरबार सङ्ग्रहालय

डिसी नेपाल
२३ भदौ २०७८ २२:३३

काठमाडौं । मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आजदेखि खुलेको छ ।

बिहान १० देखि साँझ ४ः ४५ बजेसम्म सङ्ग्रहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए । उनले भने, “आज ७० जनाले सङ्ग्रहालय घुम्नुभयो, जसमा धेरैजसो युवायुवती भित्रिनुभएको थियो ।” महामारीअघि दैनिक बिहान साढे ७ देखि साँझ ६ बजेसम्म सङ्ग्रहालय खुलाइने गरिएको लाखेले जानकारी गराए ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सोमबार एक सूचना जारी गरी आजदेखि खुलाउन अनुरोध गरेसँगै आफूहरु अघि बढेको लाखेको भनाइ छ । ललितपुरमा सङ्ग्रहालयसहित पाटन दरबार क्षेत्रका साथै अन्य पर्यटकीयस्थल समेत खुला भएका छन् ।

यसैगरी केही दिनअघिदेखि बङ्गलामुखीका साथै छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिरसमेत खुला गरिएको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीले बताए । कुम्भेश्वर मन्दिर भर्खरै जीर्णोद्धार सम्पन्न भएकाले सो अघि लामो समय बन्द गरिएको खड्गीले जानकारी गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *