विश्वमा कोरोना : हालसम्म २० करोड निको भए, २ प्रतिशतले ज्यान गुमाए

काठमाडौं । विश्वभरमा हालसम्म २० करोड कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन्। गत २४ घण्टामा निको भएका छ लाख ८२ हजार सात सय ९९ जनासँगै यो संख्या २० करोड नाघेको हो। अहिलेसम्म २० करोड ५८ हजार पाँच सय ८१ जना संक्रमितहरु निको भएका छन्।
हालसम्मको तथ्याङ्क अनुसार भारतमा ९७ प्रतिशत बढी कोभिडका विरामीहरु निको भएका छन्। जम्म कोरोना संक्रमितको संख्याले हुन आउने ९७ प्रतिशत बढीको अंक तीन करोड २३ लाख २१ हजार दुई सय ८३ जना कोरोनाका संक्रमितहरु निको भएका हुन्। गत २४ घण्टामा मात्र भारतमा २४ हजार बढी निको भएका छन्।
यस्तै, अमेरिकामा निको हुनेको प्रतिशत ७६ रहेको छ। चार करोड १५ लाख ५७ हजार छ सय ४७ जना संक्रमित मध्ये तीन करोड १७ लाख ४४ हजार दुई सय तीन जना निको भएका हुन्। गत २४ घण्टामा मात्र अमेरिकामा ७६ हजार छ सय ९६ जना निको भएर घर फर्केका छन्।
संख्याको आधारमा ब्राजिल कोरोना प्रभावितमा तेस्रो स्थानमा रहेको छ। हालसम्म ब्राजिलमा दुई करोड नौं लाख ५८ हजार आठ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसम्मध्ये दुई करोड दुई हजार पाँच सय ६२ जना निको भएका छन्। यस्तै गत २४ घण्टामा ब्राजिलमा ३५ हजार बढी निको भएका छन्।
हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २२ करोड ३९ लाख ४६ हजार आठ सय ४४ रहेको छ। जसमध्ये ८९ प्रतिशत निको भएका छन्। दुई प्रतिशतले ज्यान गुमाएका छन् भने अझै पनि ९ प्रतिशत बढी सक्रिय संक्रमित रहेका छन्।
अमेरिकामा सक्रिय संक्रमितको संख्या करोडका नजिक रहेको छ। हालसम्मको तथ्याङ्क अनुसार ९१ लाख ३८ हजार ९ सय २९ जना सक्रिय संक्रमितहरु अमेरिकामा रहका छन्।
Facebook Comment