कुवेत विमानस्थलमा बालुवाको ढिस्कोले पुरिएर झापाका दुई युवाको मृत्यु

काठमाडौं । कुवेतको निर्मणाधिन विमानस्थलमा काम गर्दै गर्दा दुई जना नेपाली कामदारको मृत्यु भएको छ । रोजगारीको क्रममा कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल २ को करिब ६ मिटर गहिरो खाल्डोमा भूमिगत पाइप मर्मत गर्ने क्रममा माथिबाट बालुवाको ढिस्को खसी झापाका दुई युवाको गत बुधबार मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाको गोलधाप–१ र चकचकी–६ का क्रमशः यम बहादुर कटुवाल र सुकलाल राजवंशीको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुसँगै काम गरिरहेका मिझिङ–८ धनमुढा, रोल्पा निवासी सर्वजित महरा सख्त घाइते भएका छन् । उनको उपचार भइराखेको छ ।
प्रतिक्रिया
Facebook Comment