आधा करोडले लगाए कोरोनाको पूर्ण खोप

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म झण्डै ५२ लाख नागरिकले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् ।
सरकारले दुई करोड ६५ लाख नागरिकलाई यस वर्षभित्र खोप लगाउने लक्ष्य लिए पनि हाल सम्म ५१ लाख ६० हजार पाँच सय २४ नागरिकले पूर्ण खोप लगाएका हुन् । हाल नेपालमा कोभिसील्ड, एष्ट्राजेनेका, भेरोसील, जोन्सन एण्ड जोन्सन खोप उपयोगमा आएका छन् । सरकारले खोप लगाउन योग्य सबै जनसंख्यालाई खोप उपलब्ध गराउन बजेट सुनिश्चित गरिसकेको छ ।
यस्तै ५७ लाख ६९ हजार तीन सय २८ नागरिकले खोपको पहिलो मात्रा लगाएका छन् ।
प्रतिक्रिया
Facebook Comment