निल्नु न ओकल्नु
अत्यन्तहितैषी, अत्यन्त सहयोगी, छिमेकीलाईज्यादै इज्जत दिएर काम गर्ने र खासगरी हाम्रो भलाइको लागि जे–जस्तो कदम चाल्न पनि पछि नहट्ने अनि छिमेकीलाई जति दिए पनि आफ्नाे ढुकुटी नघट्ने भनेर बोलेको बोल्यै गर्ने दक्षिणी छिमेकका सरकार प्रधानको समेत पुत्ला जलाउने र उनी जस्ता अशल ब्यक्तिका बारेमा नचाहिँदो हल्ला चलाउने कार्य गरेकोमा यताका समकक्षीलाई झोक चल्नु नौलो कुरो हुँदै होइन।
सत्ताबाहिर हुँदा उताको बिरोध गरेर ठुलोठुलो स्वरमा कराउने, सत्ता फेला पर्लाजस्तो देखियो भने बिरोधी खेमाबाट लुसुक्क हराउने र सत्तामा पुगेपछि अरुले बिरोध गरी दिँदा पनि आफ्नाे कुर्सी खुस्कने हो कि भनेर डराउने हुँदै आएको अपत्यारिला समाचारहरुमा जनताको पटक्कै बिश्वास छैन।
अहिलेका सरकार प्रधान त पाँचौँ पटक सरकार प्रधान भएकाले र सबै भन्दा बढी अनुभवले खारिएर सरकार प्रधानको कुर्सीमा गएकाले उनलाई कसैले बताउन सिकाउन र कामको लागि तताउन खासै आवश्यक देखिँदैन।
सायद यही भएर होला आफ्नाे पाँचौँ पटकको कार्यकाल सुरु भएको दुई महिना भइसक्दा पनि उनले सबैजसो मन्त्रालयहरु आफैले हाँकेका छन्। सरकारको गठबन्धनमा भएका दलहरुका नेताहरुमा आफै सबैभन्दा सक्षम असल र सर्वज्ञाता भएपछि अनावश्यकरुपमा अरु मन्त्रीहरु नियूक्त गर्न अनि अरुको भर पर्न जरुरी पनि देखिन्न।
उताका अपराधीलाई कारबाही गराउनेतर्फ केही गर्न नसकेर डराउने अनियताकाले बिरोध गरे भने थुन्छु भनेर कराउने र उताकाले यसो आँखा झिम्क्याए भने चुपचाप लागेर हराउने गर्नु त यताका सत्ताधारीहरुको लागि सर्व स्वीकार्य चलन नै भएकोले यसमा कुरा नबुझेजस्तो गरेर जलन देखाउन पर्ने केही छैन।
उताको एउटा सुरक्षाकर्मीले तुइनको डोरी फुस्काएर आफ्नाे एउटा निरपराध नागरिकको ज्यान लिएको बिषयमा गम्भिरता पूर्वक ध्यान नदिएको भन्ने आरोपसहित बिरोधमा केही समूहले गाल टारे जस्तो देखाउन छिमेकी सरकार प्रधानको पुत्ला जलाए पनि एउटा भुत्ला हल्लाउने औकात समेत नभए पनि त्यसैको कारणबाट अदृष्य शक्तिले आफ्नाे कुर्सी थुत्ला भन्ने डरले त्यस्ता कृयाकलापमा सँलग्न हुनेहरुलाई पक्राउ गरी जेल हाल्ने उर्दी जारी गर्नु ज्यादै राम्रो कार्य हो।
उताका अपराधीलाई कारबाही गराउनेतर्फ केही गर्न नसकेर डराउने अनियताकाले बिरोध गरे भने थुन्छु भनेर कराउने र उताकाले यसो आँखा झिम्क्याए भने चुपचाप लागेर हराउने गर्नु त यताका सत्ताधारीहरुको लागि सर्व स्वीकार्य चलन नै भएकोले यसमा कुरा नबुझेजस्तो गरेर जलन देखाउन पर्ने केही छैन।
यसमा त्यो ऊ म तँ भन्नै पर्दैन र सत्तामा पुगेपछि यसमा कोही पनि अघि सर्दैन। उताको भरमा र उताको डरमा गुजारा गरेर यताको घरमा बस्ने स्थानीय बासिन्दाहरुलाई चुनावको बेलामा मात्रै आएर र घरघरै धाएर अकल्पनीय आश्वासनका पोका बाँडेर फर्कने अनि अर्को चुनावसम्म त्यहाँका जनता सित तर्कने, जनताको हितमा केही गर्न पर्यो भने झर्कने र सँसदमा जनताको पक्षमा झारा तिराइ पाराले बोलेजस्तो गरेर सुनपानी छर्कने मात्रै गरेको धेरै बर्ष भइसक्यो।
अहिलेसम्म यसरी नै जीविका चलेपछि र यसै गरी आफ्ना लागि भोट फलेपछि नेतालाई पनि के को मतलब हुने भयो र? अहिले त घुमिफीरी चिट्ठा परेर सरकार प्रधान पनि उतैका छन्। आप्mनै भेगी सरकार प्रधान भएको कारणले तुइन घटनाको बिरोध गरेर दुताबासमा पत्रपठाउन झण्डै डेढ महिना जति लाग्यो र अब चाहिँ सरकार जाग्यो भन्ने सबैले सोचेका छन्। सरकार प्रधानको कुर्सी निल्नु न ओकल्नु भएकोले दुताबासमा पत्रसम्म पठाएर मुख खोकल्नु पनि ठुलै काम भए जस्तो सम्झि दिनपर्छ।
दुर्गमका छिमेकी जनतालाई न्यास्रो लाग्ला र नजिकै बलियो छिमेकी छ भन्ने सम्झना नै भाग्ला भनेर बेलाबेलामा आप्mना लडाकु हवाइ जहाज र हेलिकप्टरहरु आफू खुसीयताका संवेदनशील स्थानहरु माथि उडाएर यताका जनतालाई मनोरञ्जन दिलाउनु अनि छिमेकीहरुलाई हामी एक दम आदर गर्छौँ भन्दै स्वर मिलाउनु र आफ्ना पक्षको अर्घेलोमा बोल्न पर्ला भनेर जिल्लादेखि केन्द्रसम्मकाले एकअर्कालाई देखाएर मुख सिलाउनु गर्दै आएकोमा बिरोधमा बोल्न सत्ताबाहिर भएकाहरुको मात्रै मुख चिलाउनु पनि एउटा गतिलो परम्परा हो।
यही परम्परालाई अहिलेसम्मका सबै सरकारहरुले धान्दै आएका हुनाले जनताले पनि उनिहरुलाई तगडा सरकार मान्दै आएका र भबिष्यमा पनि यसैगरी परम्परा धानिन्छ भनेर जान्दै आएकाछन्। अहिले त सरकार प्रधान नै परराष्ट्र मन्त्री समेत छन्। त्यही भएर बिरोधमा पत्राचार गर्ने कि नगर्ने भनेर बिचार गर्दा गर्दै डेढ महिनाजस्तो बितेछ।
यसैगरी गहन बिचार गरेपछि विमर्ष गरिराख्ने आवश्यकता पनि छैन। फेरी विमर्ष पनि को सित गर्नु र कसको भर पर्नु? हिजो लौन सरकार प्रधानको जागिर खाइदिनोस् र सरकार प्रधानको कुर्सीमा बस्न जाइदिनोस् भनेर कर गर्नेहरुले नै खुस्काइदिन्छन् कि भन्ने डर भइसके जस्तो छ। झण्डै दुइदर्जन मन्त्रालयको जिम्मवारी एउटैको काँधमा भएको बेलामा साँधमा यस्ता नचाहिँदा घटनाहरु घटाइ दिने छिमेकीले आफैलाई कुर्सीबाट हटाइदिने र बालुवाटारबाट डाँडाकटाइ दिने कार्यक्रम राख्यो भने त बित्याँस पर्छ भनेर अत्याँस लागेको बेला गठबन्धनकाले पनि निहुँ खोज्न सुरु गरेर निल्नु न ओकल्नुको अबस्था गराइरहेकाछन् रे।
तालिवानले समेत सरकार गठन गरिसक्दा पनि हाम्राले पूर्णता नदिनु भनेको कार्य क्षमताको कमीले नभई राम्रा र सक्षम व्यक्तिहरु ल्याउनको लागि गहन अध्ययन गरेपछि मात्रै जिम्मेवारी बहन गर्न सक्ने व्यक्ति भेटिने हुनाले त्यस्तो भएको हो। यसबाहेक अरु कुनै कारण छैन।
बालकोटे कामरेडको दुईतिहाइको सरकारले आफूलाई फाइदा हुने कुनै काम नगरिकन एक्लै दाम खाने व्यवस्था मिलाएको भनेर सरकार पार्टी सबै थोक तोडफोड पारेर र अलिकति धैर्य गरेको भए भविष्यमा आउन सक्ने अवसरहरु समेत माया मारेर आफू र आफ्नाहरुको हितका लागि मात्रै धेरै पटक धाएका नेताहरु देवताको दर्शनको लागि बुढानिलकण्ठ पुगेका पक्कै होइनहोला।
आफ्नाे घर पनि नबनाउने अर्काको घर पनि भत्काउने वरिष्ठहरुको लहैलहैमा लाग्ने र राम्रो सित सोच बिचार नगरी जताबाट केही झर्ला जस्तो देख्यो त्यतै भाग्ने गरेपछि त्यसको परिणाम यस्तै आउनु स्वाभाविक हो। जहिलेपनि राजनीतिको हलो आफूले ताकेको ठाउँमा लगेर अड्काउने र मिठो घाँसको आशा देखाएर गोरु पड्काउने अनि मतलव पुरा नहुने जस्तो देख्ना साथ अर्कै तिर आँखा छड्काउने गर्दै आएका सबैले राम्रो सित चिनिसकेका जालीफटाहहरुको भर परेर र विश्वास गरेर हिँडेपछि कुन बेला लगेर भड्खालोमा जाक्ने हो थाहा नहुन पनि सक्छ।
हुनत कोहीभन्दा कोही कम नभएको हुनाले जनताले यस्ता कुराहरुमा चासो राख्नु भनेको आफै पासोभित्र परेजस्तो मात्रै हो। यसो हेर्दा निल्नु न ओकल्नु भएको हो कि जस्तो देखिए पनि राजनीतिका एकसेएक खप्पिस खेलाडीहरुको कुनै कमी नभएको र सबैले सोचे जसरी राजनीति नगएको भनेर अबुझहरुले भने पनि एक थरि नेताहरुले राजनीतिलाई अदृश्य शक्तिहरुको इशारामा आफूले सोचे अनुसार नै लगि रहेको अनि त्यसको लागि पानी सरह बिदेशी मुद्रा बगिरहेको थाहा पाउनेहरुले जनतालाई मजाले ठगि रहेको पनि बुझि रहेका छन् भनेर हल्ला चलाउन खोजे पनि जनताले भने पत्याउने कुरै भएन।
हाम्रा नेताहरुले कति सोच बिचार गरेर मात्रै निर्णय लिन्छन् र जनतालाई राहत दिन्छन् भन्ने कुरा बुझ्न मन्त्री परिषदको बिस्तारबारे दुई महिना भन्दा बढी समयसम्म सोचिरहेको देख्दा पनि थाहा हुन्छ।
तालिवानले समेत सरकार गठन गरिसक्दा पनि हाम्राले पूर्णता नदिनु भनेको कार्य क्षमताको कमीले नभई राम्रा र सक्षम व्यक्तिहरु ल्याउनको लागि गहन अध्ययन गरेपछि मात्रै जिम्मेवारी बहन गर्न सक्ने व्यक्ति भेटिने हुनाले त्यस्तो भएको हो। यसबाहेक अरु कुनै कारण छैन।
गठबन्धनका अरु दलहरुमा पनि मन्त्री भएर जनताको सेवा गर्नको लागि अति सक्षम र ज्यादै आतुर नेताहरु धेरै भएर ती मध्येपनि को चाहिँ बढी सक्षम होला भनेर सोच बिचार भइरहेको र सबै काम जनताकै हितको सेरोफेरोमा गइरहेको बुझिन्छ। सकेसम्म धेरै र राम्रा मन्त्रालयहरुमा अति सक्षमहरुलाई लान पाए जनताले राम्रो सेवा पाउँथे र पछिसम्म पनि आफूतफै आउँथे भनेर समय लगाउनु राम्रो सुरुवात हो।
आफूसँग भएका राम्रामध्येबाट बिस्तृत सोच बिचार पछि अति राम्रा छान्ने कामलाई पनि शीर्ष नेताहरुलाई निल्नु न ओकल्नु भयो भनेर हल्ला चलाउने बिरोधीहरुको कुरा सुनेर काम नै छैन। खोजेको मन्त्री र रोजेको मन्त्रालय पाउने ग्यारेन्टी भएरै पुरानो थातथलो छोडेर र उताका सित सम्बन्ध तोडेर आएकाहरुलाई हात जोडेर मन्त्रीको ललिपप देखाएर नराखे दिशा मोडेर अर्कै बाटो समाउन र बार्गेनिङबाट यताभन्दा बढी कमाउन बेर लाग्दैन भन्नेहरुका गफ जनताले सुने पनि बुझेका छैनन्।
झण्डै बर्षदिनको दन्त बझानसहितका भाषण, प्रदर्शन, जुलुस, विभिन्न खाले बिरोध लगायतका कार्यक्रम, मुद्दा मामिला धाएर र अनेक खाले हण्डर खाएर परमादेश मार्फत सत्तामा पुगेको गठबन्धनले हामी आएपछि जनताको लागि राम राज्य आउनेछ अनि चुड्कीको भरमा सबैले सबैथोक पाउनेछ भनेको ठिकै भयो। त्यसमा अझ सरलताको लागि अध्यादेश ल्याउने र इच्छाअनुसार दल टुक्राएर भ्याउने कार्य पनि शानदाररुपमा सम्पन्न भयो अनि सोचाइ बमोजिम नै गयो।
निकै बलियो गठबन्धन बनाएर र एक ढिक्का हुँदै काम गर्ने प्रतिबद्धता जनाएर बालकोटे कामरेडलाई देखाइ दिने अत्यन्त पवित्र उद्देश्य राखेर हिँडेकोमा मन्त्री बनाउनको लागि अति काविल व्यक्ति छान्दा छान्दै अनि एकअर्काले भनेको मान्दामान्दै एमसीसी नामक लफडाबाट जनतालाई के कसरी सबैभन्दा बढी फाइदा दिलाउने भन्ने कुराले प्राथमिकता पाउनु सामान्य बिषय नै हो।
यो एमसीसीमा नेताहरुको कुनै स्वार्थ लुकेको र यसको बारेमा चाहिँदोभन्दा बढी हल्ला भएकोले नेताहरुको ठुलै आम्दानीको श्रोत सुकेको अनि शीर्ष नेताहरु यस बिषयमा नराम्ररी चुकेको भन्नु पनि हल्लामात्रै हो। नेताहरुको यसमा कुनै स्वार्थ भएजस्तो पटक्कै नदेखिएको हुनाले उनीहरुले यसलाई चटक्कै बिर्सेर फिर्ता लैजाऊ भन्न पनि सकेका छैनन्।
झण्डै दुइदर्जन मन्त्रालयको जिम्मवारी एउटैको काँधमा भएको बेलामा साँधमा यस्ता नचाहिँदा घटनाहरु घटाइ दिने छिमेकीले आपैmलाई कुर्सीबाट हटाइदिने र बालुवाटारबाट डाँडाकटाइ दिने कार्यक्रम राख्यो भने त बित्याँस पर्छ भनेर अत्याँस लागेको बेला गठबन्धनकाले पनि निहुँ खोज्न सुरु गरेर निल्नु न ओकल्नुको अबस्था गराइरहेकाछन् रे।
यो फिर्ता गयो भने जनतालाई घाटा होला भन्ने उनीहरुलाई ठुलो डर छ। यसलाई पास गराएर लागु गराउने शर्तमा शीर्ष नेताहरुले आप्mनो कमिशनको भुक्तानी निकै बर्ष अगाडि नै स–धन्यवाद लिइसके र धन्दा मान्न पर्दैन भन्ने आश्वासन उहिले नै दिइसके भन्ने पनि बिरोधीले चलाएको हल्लामात्रै हो। आप्mनै स्वार्थमा मौसमी विश्लेषण र वास्तविक सम्झौता पढ्नुभन्दा अरुले बताएको अस्पष्ट कुरा सुनेर आफ्ना समर्थकहरुलाई समेत त्यही अनुसार तताएको परिणाम स्वरुप अहिले एमसीसी सबैलाई निल्नु न ओकल्नु भएजस्तो देखिन्छ।
सत्तामा हुँदा एमसीसी पारित गर्नै पर्ने र सत्ता छाड्नासाथ एमसीसीको बिरोधमा झर्नै पर्ने रोगले ग्रस्त भएपछि यसबाट कसरी राजनैतिक फाइदा लिने भनेर त्रस्त हुँदै हल्काफुल्का टिप्पणी बाहेक केही नगर्नाले अनि जनताको नाम लिँदै व्यक्तिगत स्वार्थ बाहेक अन्य चिजमा ठ्याम्मै अघि नसर्नाले मात्रै यो बिषय यति पेचिलो देखिएकोहो।
दातालाई रिझाएर घोषित वा अघोषित रुपमा उसको छाता ओढ्न पाए सँधैभरि आफ्नाे बैँक खाता बलियो बन्ने हुनाले उसलाई रिझाएर नाता कसिलो बनाउने इच्छा सबैलाई भए पनि चाहिने भन्दाबढी राष्ट्रवादीको नाटक मन्चन गरेर जनतालाई उल्लु बनाउन खोज्दा अहिले निल्नु न ओकल्नुको अवस्थामा पुगिएको मात्रै हो। नत्र एमसीसीलाई फिर्ता गराउन सक्ने र परिमार्जन नगरी कुनै हालतमा पास गर्न हुन्न भनेर ठाउँकुठाउँमा बक्ने कसैको पनि तागत भए जस्तो छैन भन्ने कुरा सबैले छर्लँग बुझेकाछन् रे भन्ने हल्ला कतैकतै सुनिन्छ।
एउटा दलभन्दा अर्को दल कति बढी राष्ट्रवादी र दलभित्र पनि कोभन्दा को बढी राष्ट्रवादी अनि गठबन्धनभित्र पनि कुन चाहिँ दल बढी राष्ट्रवादीभन्ने देखाउन र समाचारमा लेखाउनमात्रै बल गर्दा गर्दै नेताहरु आपैm फसेका, आप्mनै बुद्धिले गर्दा आपैm समस्यामा पसेका र अहिले यसै हो भन्न नसक्ने अवस्थामा पुगेर अलमलिएर बसेका हुनाले पुरा देश नै विभाजित अवस्थामा पुगेको हो भनेर हल्ला फिँजाउनेहरुको बकवास जनताले चाहिँ सुनेका छैनन्।
सत्ता धारी पनि यसबाट राम्रै फाइदा उठाउने चक्करमा छ, सत्ता भित्रका गठबन्धनवालाहरु पनि कसले बढी फाइदा उठाउने भन्दै अर्कोलाई कसरी ठक्कर दिने भन्नेमै छ, बिरोधीको सुर पनि बार्गेनिङ गरेर फाइदा लिने नै हो। अहिलेसम्म जे मन लाग्यो त्यहीबोलेर र स्वार्थअनुसार मुख खोलेर अलमलिएका जनतालाई फेरि अल्मलाउँदै सबैले यसलाई पारित गराउने बाटो खोज्नु नै यसको असली पाटो हो भन्नेपनि कताकता सुनिन्छ।
आफूआफू बिचमै एमसीसी निल्नु न ओकल्नु भइरहेको बेलामा उतैका ठुलामान्छेहरु आएर र हरेक दलका नेताहरुका घर र कार्यालयहरुमा धाएर भेटघाट गर्दै धारणा माग गर्दै हिँडेपछि यताका जनतालाई जस्तो जे बोले पनि हुने अवस्था नभएकोले त्यो टोली नै नेताहरुलाई निल्नु न ओकल्नु भएजस्तो छ। एउटाले अर्कोलाई देखाउने र अर्कोको धारणा आएपछिमात्रै आफ्नाे धारणा लेखाउने भन्ने टालटुले जवाफले कति दिन धान्ला अनि उसले कतिको मान्ला र दिग्गज बनेर बकबक गर्दै हिँडेकाहरुलाई कसरी तान्ला भन्ने थाहा छैन।
जेहोस्, राष्ट्रवाद, जनवाद, लोकतन्त्र, विधिको शासन, भ्रष्टाचारको घोर बिरोध, सुशासन, पारदर्शिता, समानन्याय, समावेशिता, समान हक आदिआदिका बारेमा अमूर्त गफदिएर र त्यसैबाट भरपुर फाइदा लिएर मुख खोकल्नुबाहेक केही नगरी बसेका स्वघोषितरुपमा अति सक्षम नेताहरुलाई अहिले सबै कुरो निल्नु न ओकल्नु हुँदै गएको देखेर जनता चाहिँ जिल्ल परेका छन्।
Facebook Comment