आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता लागेको छः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अझैपनि कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजान सक्ने आधार रहेको बताएका छन् ।
विश्वका कतिपय देशमा कम्युनिस्ट आन्दोलनको नामनिशान नभएपनि नेपालमा अझै कम्युनिस्ट आन्दोलनको बलमा वैज्ञानिक समाजवाद निर्माण गर्न सकिने आधारहरू रहेको बताएका हुन् ।
काठमाडौंमा आइतबार आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा उनले आफ्नो दिमागमा कहिलेकाहीं त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तनमनन गरी दिन पनि वाम बुद्धिजीवीहरुलाई आग्रह गरे ।
‘कहिलेकाँही मलाई पनि यस्तै हुँदो रहेछ। १/२ वर्ष जतिमा एक्लो पो हुने हो कि? माओले भनेजस्तै ‘म एक्लो हुँ,’ भन्नुपर्ने हो कि? कहिलेकाँही यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के। तपाईहरु यो पनि चिन्तन,मनन गरिदिनुहोला। नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशाका सन्दर्भमा यो रोग के होरु पुस्तकका टिप्पणीकारहरुले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनु भयो? यो व्यक्तिगत कुरा हो र? व्यक्तिगत प्रशंसा खोजेको कुरो हो र? ’ उनले भने।
Facebook Comment