कांग्रेसकाे वडाअधिवेशनमा सत्ता र शक्तिकाे दुरूपयाेग भएकाे पाैडेल समूहकाे आराेप
![कांग्रेसकाे वडाअधिवेशनमा सत्ता र शक्तिकाे दुरूपयाेग भएकाे पाैडेल समूहकाे आराेप](https://www.dcnepal.com/wp-content/uploads/2019/08/ramchandra.jpg)
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको आन्तरिक विवाद समाधान हुन सकेको छैन। कांग्रेसको संस्थापनइतर मानिएको बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेलधुरामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ।
सभापति देउवाले सत्ता र शक्तिको आडमा धाँधली र बलमिच्याईं पूर्वक गत २५ गतेको वडा अधिवेशन सम्पन्न गरेको आरोप लगाएको छ। उक्त समूहले डडेल्धुराको वडा अधिवेशन पुनः गर्नु पर्ने माग समेत राखेको छ।
वडामा भएको अधिवेशनका बारेमा छलफल गर्न सोमबार पार्टी कार्यालय सानेपामा पौडेल समूहको बैठक बसेको थियो। बैठकमा बोल्दै पौडेलले भने, ‘‘सत्ता र शक्तिको दुरुपयोग गरेर चुनाव गर्ने काम कांग्रेसलाई सुहाउँदैन। हामी यस्तो अधिवेशनलाई मान्दैनौं, धाँधली गरेर सत्ता हत्याउन हामी दिदैंनौं,’
उनले डडेल्धुरा शैलीमा स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा पनि नदेखाउन पार्टी नेतृत्वलाई खबरदारीसमेत गरेका थिए।
नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यताको टुंगो नलगाई अधिवेशन निर्वाचन प्रारम्भ गरिएको पौडेलले बताए।
‘पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयसमेतलाई लत्याएर बलपूर्वक प्रक्रिया अगाडि बढाइएकोमा हाम्रो गम्भीर असहमति छ,’ बैठकपछि उक्त समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आजको राजधानी दैनिकले यो खबर छापेको छ।
Facebook Comment