घट्यो कुखुराको मासुको मूल्य
काठमाडौं । बजारमा उत्पादन बढेपछि ब्रोइलर कुखुराको मासुको मूल्य घट्ने क्रम जारी छ। कुखुरा बिक्री व्यवसायी संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ ।
यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३८० रुपैयाँसम्म थियो । संघले उत्पादन बढेपछि मूल्य घट्न थालेको बताएको छ । मूल्य घट्न थालेपछि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालेका छन् ।
प्रतिक्रिया
Facebook Comment