साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस
![साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस](https://www.dcnepal.com/wp-content/uploads/2020/08/ramchan.jpg)
काठमाडौं । आफ्नै पक्षभित्र सभापतिको उम्मेदवारका आकांक्षी धेरै भएका कारण नेपाली कांग्रेसको पौडेल पक्षलाई उम्मेदवार छान्न सकस परेको छ। १४औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार छान्ने सहमति भएको १५ दिन हुँदासम्म पनि पौडेल पक्ष निष्कर्षमा पुग्न सकेको छैन।
पौडेल पक्षबाट सभापतिका आकांक्षीहरू रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले भदौ १७ गते संयुक्त पत्रकार सम्मेलन गरी १४औं महाधिवेशनमा साझा उम्मेदवार दिने घोषणा गरेका थिए।
वडा अधिवेशन हुनु अगावै साझा उम्मेदवार घोषणा गरेर सकारात्मक सन्देश दिन पौडेलपक्ष असफल भएको छ। आपसमा संवाद नभए पनि साझा उम्मेदवार चयन गर्ने प्रतिबद्धता कायमै रहेको पौडेल पक्षका नेताहरूले प्रतिक्रिया भने दिँदै आएका छन्।
भदौ १७ को पत्रकार सम्मेलनपछि साझा उम्मेदवार तय गर्ने विषयमा पौडेल पक्षका नेताहरूले संवाद नै गरेका छैनन्। पौडेल पक्षले गत सोमबार आफूनिकट केन्द्रीय सदस्यको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको थियो। आजको नागरिक दैनिकले यो समाचार छापेको छ।
Facebook Comment