थपियो काठमाडौंमा निषेधाज्ञा

डिसी नेपाल
३१ भदौ २०७८ १८:४८

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले कारोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने उद्देश्यले केही व्यवस्थाहरूमा कडाई गरेको छ ।

प्रशासनले असोज १ बाट लागू हुने गरी निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्दप्रसाद रिजालले असोज १ बाट लागु हुने गरी निषेध आदेश जारी गरेका हुन् ।आदेशमा भौतिक रूपमा विद्यालय सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । सञ्चालन गर्नैपर्ने अवस्थामा भने स्थानीय तहले अवस्थाको विश्लेषण गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने उल्लेख छ ।

प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि मान्य हुने गरी आदेश जारी गरेको छ । संक्रमण बढेको अवस्थामा जुनसुकै समयमा आदेशका व्यवस्थाहरू परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ ।

क. शैक्षिक संस्थाहरु (विद्यालय) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न/गराउन नपाउने । गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय संचालन गर्नु पुर्व आ-आफ्नो पालिकास्तरमा कोभिड-१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह-चालक, क्यान्टिन संचालक र संचालन समितिका पदाधिकारीहरु सबैले अनिवार्य रुपमा कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्ने, अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय संचालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने।

ख. कोभिड-१९ को संक्रमण कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने ।

ग. यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रुपमा मात्र मनाउन पाउने।

घ. सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुबाट आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरु संचालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र गर्न पाउने।

ङ. स्थानीय ढुवानी बिहान ९:०० बजे देखि ११:०० बजेसम्म र अपरान्ह ४:०० बजे देखि ७:०० बजेसम्म गर्न नपाउने।

च. सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने ।

छ. कोभिड-१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्क (Contract Tracing) मा परेका व्यक्तिहरुले नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन, भिडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्ने/ गराउने ।

सूचना हेर्नुहाेस् :

No photo description available.




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *